कोशी प्रदेश : झापाबाट बिदेश जाने धेरै

0
15

झापा । कोशी प्रदेशमै सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने झापा जिल्लामा पछिल्लो ८ महिनामा २२ हजार ३९८ जना विदेश गएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४ हजार ४८५ महिला र १७ हजार ९१३ पुरुष श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन सामीले जनाएको छ ।
सामीले सुरक्षित वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सञ्जाल क्षमता विकास सम्बन्धी दुई दिने कार्यक्रममा सामी हेल्भेटास कार्यक्रम अधिकृत रोहित विश्वकर्माले झापामा अघिल्लो आर्थिक वर्ष २०७९र०८० मा ५ हजार ८५१ महिला र २७ हजार ६१९ गरी ३३ हजार ५७० जना श्रम स्वीकृति लिएर विदेश गएको जानकारी दिए ।
चालु आर्थिक वर्षको फागुनसम्म २२ हजार ३९८ जना विदेश गइसकेकोले यो सङ्ख्या असारसम्म अझै बढेर जाने अधिकृत विश्वकर्माको भनाई छ ।
वैदेशिक रोजगारीमा जानेहरूको समस्यामा ठगी, अशिक्षा, सीपको कमी, भाषाको समस्या, कानुनको ज्ञान नभएको, देखासिकी गर्ने बानी र पारिवारिक मनमुटाब रहेको पाइएको सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले बताए । वैदेशिक रोजगारीमा जाँदा सीप मूलक र भाषा सम्बन्धी तालिम, कानुनको विषयमा ज्ञान लिएको र सामाजिक चेतना भएका व्यक्ति गएमा समस्या नपर्ने उनको भनाई छ ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको उपस्थितिमा भएको कार्यक्रममा सहभागीहरूलाई रोजगार परामर्शकर्ता फणीन्द्रप्रसाद दाहाल, हेल्भेटास कार्यक्रम अधिकृत देवनारायण चौधरी लगायतले सहजिकरण गरेका थिए ।

वैदेशिक रोजगारीबाट फर्किएका १५ वटै पालिकाबाट सहभागीहरूलाई क्षमता विकास, वैदेशिक रोजगारीको हालको स्थिति, वैदेशिक रोजगारी बोर्डले प्रदान गर्ने कल्याणकारी सेवाको बारेमा जानकारी, ठगी लगायत समस्याहरूको कानुनी प्रक्रियाबारे जानकारी, सजग हुने उपाय बारे छलफलमा सहजिकरण गरिएको थियो । साथै भद्रपुरका विष्णु खरेलको नेतृत्वमा २१ सदस्य झापा जिल्ला आप्रवासन सञ्जाल पनि गठन गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here