वाम गठबन्धनमा गडबड, एकीकृत समाजवादीपछि माओवादीले निहुँ खोजेपछि तनावमा एमाले

0
4

काठमाडौं।

वाम गठबन्धन बनेको एक महिनामै गडबड सुरु भएको छ। एमाले, माओवादीसहितका दलबीच नयाँ गठबन्धन बनेपछि सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निहुँ खोजे।

राष्ट्रिय दलसम्म बनाउन नसकेका नेपालले मुख्यमन्त्रीमा दाबी गराए। सोमबार बागमतीमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएपछि भाँजो हाले। बल्लबल्ल सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिने सहमति गराएपछि बागमतीको विवाद मिल्यो।

तर, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गरेपनि त्यहाँका मुख्यमन्त्री राजकुमार शर्माले निहुँ खोजिरहेका छन्। जसकारण एमाले अध्यक्ष केपी शर्मा ओली तनावमा छन् । ‘अध्यक्षले मुख्यमन्त्री छाड्न भनिसक्दा पनि उहाँ (शर्मा)ले मान्नु भएको छैन। यसको अर्थ गठबन्धनमै विश्वासको वातावरण नभएको देखियो,’ एमालेका एक नेताले भने।

कर्णालीमा एमाले र माओवादीको संयुक्त सरकार बन्न बहुमत पुग्ने भए पनि शर्माले मानिरहेका छैनन्। उनी विश्वासको मत लिएर छोड्ने अडान छन्। त्यही भएर मंगलबारका लागि तय भएको विश्वासको मत लिने कार्यक्रम स्थगित भएको छ। माओवादीका स्थायी समिति सदस्य महेन्द्रबहादुर शाही र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले शर्मालाई मनाउन खोजे पनि विवाद मिलेको छैन।

‘एमाले संसदीय दलका नेता यामलाल कँडेलले पनि यसबारे ओलीलाई जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here