पातन्जलको योग शिविर सम्पन्न

0
4

चारआली।

बुद्धशान्ति गाउँपालिका–३ स्थित रामजानकी मन्दिरमा सात दिने निःशुल्क योग शिविर सम्पन्न भएको छ ।

पातन्जल योग समिति नेपालको आयोजनामा भएको शिविरलाई केन्द्रीय प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक सुवर्णलाल चित्रकारले प्रशिक्षण दिएका थिए ।

गत चैत्र १५ गतेबाट शुरु भएको शिविरलाई पायोस नेपालका केन्द्रीय उपाध्यक्ष एवम् कोशी प्रदेश इञ्चार्ज केशव ताम्राकार, महासचिव होमप्रसाद गौतम, कोशी प्रदेश अध्यक्ष जिपि तिवारी, झापा जिल्ला अध्यक्ष श्याम ल्वागुन, सचिव टेकेन्द्र ढकाल, केन्द्रीय प्रशिक्षण विभागका सदस्य महेश लामिछाने र वडाध्यक्ष पर्शुराम चेम्जोङले शुभकामना दिएका थिए ।

शिविरमा एक सय ५० भन्दा बढी साधकसाधिकाहरुको सहभागिता रहेको थियो । पातन्जल स्थानीय बुद्धशान्ती गाउँ समितिका अध्यक्ष राजु उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा डाइनामिक योगको अभ्यासहरु प्रयोगात्मक रुपमा गराइएको थियो । रोग अनुसारको योगका बारेमा एवम् क्यान्सर हुने कारण र बच्नका लागि गरिने अभ्यासलाई समेत समेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here