इजरायली कुटनीतिज्ञमाथि चीनमा चक्कु प्रहार, भयंकर युद्दकाे संकेत !

0
8

बेइजिङ ।

एक जना इजरायली कुटनीतिज्ञलाई चीनको राजधानी बेइजिङमा चक्कु प्रहार गरिएको छ । इजरायलको विदेश मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले शुक्रबार बेइजिङमा ती कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको जनाएको छ ।

ती कूटनीतिज्ञको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ । उनीमाथि किन आक्रमण गरेको भन्ने खुलेको छैन । घटना राजदूतावास भन्दा बाहिर भएको हो ।

इजरायल र हमासबीच युद्ध भइरहेका बेला इजरायली कूटनीतिज्ञमाथि आक्रमण भएको हो । इजरायलको विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले विदेशमा रहेका इजरायलीहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

हमासले शुक्रबारलाई ‘आक्रोशको दिन’ घोषणा गरेकाले विदेशमा रहेका इजरायलीमाथि आक्रमण हुनसक्ने र प्रदर्शनहरूमा हिंसा भड्किन सक्ने भएकाले सजगता अपनाउन आग्रह गरिएको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here