आगलागी पिडितलाई नेपाल युवा उद्यमी मञ्च झापा च्याप्टरको सहयोग

0
13

बिर्तामोड ।

झापाको बिर्तामोड ५ स्थित सुकुम्वासी टोलमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएपछि विभिन्न संघ–संस्थाले सहयोग गर्न शुरु गरेका छन् ।

सुकुम्बासी टोलका बद्रीकुमार दर्जी र जैगुन खातुनको घर जलेर नष्ट भएपछि आज नेपाल युवा उद्यमी मञ्च झापा च्याप्टरले आगलागी पिडितलाई खाद्यन्नसहित विभिन्न सामग्री प्रदान गरेको हो ।

नेपाल युवा उद्यमी मञ्च झापा च्याप्टरका अध्यक्ष प्रवेश बस्नेतसहित विशाल बिमली, सुरज चौधरी, प्रकाश चौधरी, रिर्वभ मित्तल, निकुञ्ज बस्नेत, गणेश पौडेल, अजित ढुङगाना, बमबहादुर बस्नेत, हितेश अग्रवाल, बरुण मित्तल र मनिष शेर्पा लगायतका युवाहरुले आगलागी पिडितलाई घरमै पुगेर सहयोग गरेका थिए ।

आगलागी पिडितलाई सानो भएपनि घरमै पुगेर सहयोग गरेको बताइएको छ । आगलागीका कारण घरमा रहेको काठपात, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, नागरिकतालगायतका महत्वपूर्ण कागजात तथा नगदसमेत जल्दा अन्दाजी सात लाख बराबरको क्षति भएको थियो । दर्जीको घरको पूजा कोठामा सल्काएको अगरबत्तीबाट अचानक आगो सल्किएको बताइएको छ ।

आगलागीबाट नजिकै रहेको जैगुन खातुनको टिनको छानो, टीनकै टाटीबेरा भएको एकतले घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट नगद ४३ हजारसमेत जल्दा अन्दाजी आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो गत शुक्रबार लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here