सेक्युरिटी गार्डका परिवारलाई बिमा रकम

0
6

भद्रपुर ।

भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा ड्युटी गर्दागर्दै मृत्यु भएका सेक्युरिटी गार्ड इञ्चार्ज भद्रपुर– ६ का कुमार बोगटीको परिवारलाई सिटीजन लाइफ इन्स्योरेन्सले सामूहिक म्यादी जीवन बिमा रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।

हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साइराम) ले मृतककी श्रीमती सुभद्रा बोगटीलाई सामुहिक म्यादी जीवन बिमा बापतको ३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

अस्पतालले कर्मचारीहरूको सामुहिक म्यादी जीवन बिमा गरिदिए वापतको बिमा रकम ३ लाख ५० हजार र काजकिरिया खर्च बापत १७ हजार ५०० गरी जम्मा ३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको चेक बिमा नियमावली अनुसार प्रदान गरिएको सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख उत्तम कोइरालाले जानकारी दिए ।

चेक हस्तान्तरण कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख दीप पौडेल, प्रशासक मनोज दाहाल, इन्स्योरेन्सका चन्द्रगढी शाखा प्रमुख विपीन राई लगायतको उपस्थिति रहेको थियो । अस्पतालमा लामो समयसम्म सेक्युरिटी गार्ड इञ्चार्ज रहेका बोगटीको गत माघ २९ गते बिहान हृदयाघातको कारण मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here