गौरीगञ्जमा आगलागी

0
9

झापा ।

झापाको गौरीगञ्जमा आगलागी भएको छ । आगलागीबाट भान्सा घर र एउटा मोटरसाइकलमा क्षति पुगेको छ ।

मंगलबार बिहान गौरीगञ्ज गाउँपालिका-६ कनचिरा बस्ने मजेबुल मियाँको इँटाको वाल र टिनको छानो भएको भान्सा घरको चुलोबाट अचानक आगलागी भएको थियो ।

आगलागीबाट भान्सा घरमा सामान्य क्षति पुगेको छ भने उक्त भान्सा घरभित्र राखेको बीआर ४११५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल पूर्ण रुपमा जल्दा अन्दाजी १ लाख २५ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटिगई स्थानीय र प्रहरीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here