‘कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे’

0
13

काठमाडौं ।

पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता महतो यस्तो आरोप लगाउनुभएको हो । नेता महतो कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताउनुभयो ।

उहाँले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबी गर्नुभयो । उहाँले नेपालीहरुको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताउनुभयो । उहाँले क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताउनुभयो ।

नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने बताउनुभयो । ईमेजखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here