सिड्लिङ मन्टेश्वरी स्कूलको दिक्षान्त समारोह तथा वार्षिक कार्यक्रम

0
6

पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे-२ मा स्थापित शैक्षिक गुणस्तरका लागि अब्बल सिड्लीङ मन्टेश्वरी स्कूलले दिक्षान्त समारोह तथा वार्षिक कार्यक्रम सम्पन्न गरेको छ।

पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यत र सिड्लीङ मन्टेश्वरी स्कूलकी प्रिन्सिपल विन्दु चेम्जोङ राईको अध्यक्षतामा भएको सो कार्यक्रममा स-साना नानीबाबुहरूले सुमधुर गीत गायन, आकर्षक नृत्य, राएम्स , रोलीपोली लगायतका सुन्दर बाल- प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

प्रमुख अतिथिको तर्फबाट नगरकी उपप्रमुख देविमाया काफ्लेले पथरीशनिश्चरे नगरभित्रका धेरै विद्यालयहरु सञ्चालनमा रहे पनि वडा नम्बर २ मा रहेको सिड्लिङ मन्टेश्वरी स्कूलले मसिना नानीबाबुहरूलाई संस्कार सहितको शिक्षा प्रदान गरेको भन्दै प्रशंसा गर्नुभएको थियो। सोहि क्रममा शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्लेले ‘ यस मन्टेश्वरी स्कूलले नगरपालिकाद्वारा निर्धारित एवम् लक्षित सबै सुसांकहरू (मापदण्ड) पुरा गरेको भन्दै कलिला नानीबाबुहरूलाई अतिरिक्त क्रियाकलापहरू सहित गुणस्तरीय शिक्षा प्रदान गर्ने अब्बल रहेको बताउनुभयो।

उक्त अवसरमा सिड्लिङ मन्टेश्वरी स्कूलकी प्रिन्सिपल विन्दु चेम्जोङ राईले अभिभावक, शिक्षक- शिक्षिका सहित सबैको महत्त्वपूर्ण सहयोग रहेकोले यस बर्ष नगरपालिकाको कार्यलयले थप कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएको बताउनुभयो। उहाँले नयाँ योजना र कार्यक्रमहरूका साथ आगामी शैक्षिक सत्रमा थप कक्षा सञ्चालन अनुमति प्राप्त गरेको बताउनुभयो।
शैक्षिक सत्र २०८० मा कक्षा-१ सञ्चालन भएको थियो। अब नयाँ शैक्षिक सत्रदेखि कक्षा २ सञ्चालन हुने भएको हो।

उक्त अवसरमा वडा नं ०२ का वडाध्यक्ष नैना साम्पाङ राई, स्थानीय गायक पुष्प राई, बाल गायक गायिकाहरूले सुन्दर प्रस्तुतिहरु दिएका थिए। प्रमुख अतिथि उपप्रमुख देविमाया काफ्ले र शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेका बाहुलीबाट कक्षा १ उत्रिर्ण भएका नानीबाबुहरूलाई ग्रयाजुएसन सेरेमोनी मार्फत ह्याट, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो। सोहि क्रममा विभिन्न खेलकुद कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्नेहरूलाई पुरस्कृत गरिएको थियो।

भोइस अफ किड्स , नेपालमा समेत सहभागिता जनाएकी सेलिस्ना पोर्तेलसहित बालिकाहरूले गायन गुरू पुष्प राई र मेडम रत्ना राईको साथमा अति मर्मस्पर्शी देशभक्ति गीत ” शान्ति लुकाऔं कहाँ….” गाउँदा नानीबाबुहरू , अभिभावक तथा अतिथिहरू मन्त्रमुग्ध पारेका थिए। मिस मेडमहरूको पनि सुन्दर नृत्य प्रस्तुत गर्नु भएको समोरोहमा स साना नानीबाबुहरूले विभिन्न जनजातिका सांस्कृतिक भेषभुषाहरू प्रदर्शन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here