बाल पुष्पिका मण्टेश्वरीको वार्षिक उत्सव

२९ चैत्र २०८०, बिहीबार मा प्रकाशित

चारआली ।

झापाका मेचीनगर स्थित चारआलीमा रहेको बाल पुष्पिका मण्टेश्वरीको तेश्रो दिक्षान्त समारोह एवम् पाचौं वार्षिक उत्सव सम्पन्न भएको छ ।

सस्थाकी सस्थापक एवम् प्रअ भारती लिम्बूको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। सास्कृतिक प्रस्तुतिका बीच सम्पन्न सभालार्इ बिना सुब्बा, टेकेन्द्र ढकाल, सुशील पौडेल र लता आर्चाय लगायतले शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा १० जना एल केजीका बिद्यार्थीहरुलार्इ दिक्षित गरिएको थियो। कार्यक्रममा बेस्ट हेण्डराइटिङमा सगुन शाह, निट एण्ड क्लिनमा आरोही मुखिया, रेगुलर एटेण्डेन्समा लक्ष्मी प्रसाईं, प्रतिभाशाली नृत्यमा मनिस सुब्बा पुरस्कृत भएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here