दूध स्वास्थ्यका लागि कति फाइदाजनक ?

२४ चैत्र २०८०, शनिबार मा प्रकाशित

खाने कुरामा दूध निकै उत्तम कोटीको खानेकुरा मानिन्छ । दूध नवजात शिशुदेखि ज्येष्ठ नागरिकसम्मका लागि उत्तिकै पोषण दिने खानेकुरा हो । दूध पूजाआजामा पनि त्यति नै महत्वपूर्ण पदार्थ मानिन्छ । अनि दूध यस्तो चीज हो यो बिना मानिसहरुले मान्दै ल्याएका संस्कार संस्कृति पनि अधुरो हुन जान्छ । मानव स्वास्थ्यका लागि त यो अमृत जत्तिकै महत्वको हुन्छ । अन्य खाना नखाइ, तर दूधमात्र पिएर पनि मानिस बाँच्न सक्दछन् । तसर्थः मानव जीवनमा दूधको स्थान अपरिहार्य छ ।

आजकाल टेलिभिजन लगायत थुप्रै मिडिया प्लेटफर्महरू दूध पिउँदा हुने फाइदाहरूका बारेका विज्ञापनहरूले भरिएका पाइन्छन् । चाहे ती दूध पाउडरकै पनि किन नहुन् । हाम्रो कम्पनीको बिस्कुटमा धेरै दूध छ । यदि तपाईं हाम्रो कम्पनीबाट बनेको दूध वा उत्पादनहरू प्रयोग गर्नुहुन्छ भने तपाईंको बच्चाहरू च्याम्पियन बन्न सक्षम हुनेछन् । यस्ता विज्ञापन विशेष गरी भारतमा बढी प्रकाशन र प्रशारण भएका पाइन्छन् । किनकि भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक देश हो । सरकारी तथ्याङ्क अनुसार सन् २०२२/०२३ मा त्यहाँ २३ करोड टनभन्दा बढी दूध उत्पादन भएको थियो । यस छोटो लेखमा भारतमा दूधको महिमाबारे नै चर्चा गर्दछु ।

भारतीय समाजमा एक लोकप्रिय विश्वास यो छ कि दूध मानव शरीरको लागि धेरै महत्वपूर्ण छ र यो एक स्वस्थ पेय हो । राति सुत्नुअघि एक गिलास तातो दूध पिउने बानी धेरैको हुने गरेका पाइन्छ । किनकि दूध स्वस्थ पदार्थ भएर नै त हो । तर, यो पनि साँचो हो कि नवजात शिशुको अवस्थापछि मानिस बाहेक अरू कुनै प्राणीले अर्को जनावरको दूध पिउँदैन ।
दूधमा कस्तो प्रकारको पोषकतत्व पाइन्छ ? दैनिक कति दूध पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? अनि कसले दूध पिउनु हुँदैन ? यस लेखमा यस प्रश्नको जवाफ खोजिएको छ ।
के मांसाहारीहरुले पनि दूध पिउनु आवश्यक छ ?

बाल स्वास्थ्य तथा पोषण विज्ञ डा. अरुण कुमारका अनुसार दूधमा क्याल्सियम र प्रोटिनको मात्रा धेरै हुन्छ तर यदि कुनै व्यक्तिले पर्याप्त मात्रामा मांसाहारी खाना खान्छ भने उसले दूध पिउनु अनिवार्य हुँदैन । डा. अरुण कुमार भन्छन्– नवपाषाणकालमा मानिसमा पोषणको कमी धेरै थियो । त्यसैले मानिसले दूध दिने जनावरहरू पाल्न थालेका हुन सक्छन् । दूध पिउने परम्परा त्यतिबेला पोषणका लागि कृषिजन्य उत्पादनमा भर पर्नु सम्भव नभएकाले बढ्दै गयो । मानव समाजमा विगत १० हजार वर्षदेखि दूध पिउने बानी चल्दै आएको छ । अहिले हाम्रो खानपानमा निकै सुधार आएको छ । यदि हामीले राम्रोसँग खायौँ भने हामीलाई दूधको आवश्यकता नपर्न सक्छ ।

दूधमा कस्ता पोषकतत्व हुन्छन् ?

अधिकांश मानिस गाईको दूध पिउँछन् । त्यस बाहेक भैँसीको दूध प्रयोग गरिन्छ । क्यालोरीको हिसाबले एक सय ग्राम दूधमा ६७ क्यालोरी हुन्छ । तर, भैँसीको दूधमा ११७ क्यालोरी हुन्छ । यही कारण भैँसीको दूध लगातार पिउँदा तौल बढ्छ भनिएको हो । गाईको एक सय ग्राम दूधमा १२० मिलिग्राम क्याल्सियम हुन्छ भने भैँसीको दूधमा २१० मिलिग्राम क्याल्सियम हुन्छ । जहाँसम्म प्रोटिनको कुरा छ, १०० ग्राम गाईको दूधमा ३.२ ग्राम प्रोटिन हुन्छ भने १०० ग्राम भैँसीको दूधमा ४.३ ग्राम प्रोटिन हुन्छ, तर यो केसिन प्रोटिन हो । यसको अर्थ यो प्रोटिन पच्दैन भन्ने हो ।

यही कारण हो कि यदि तपाईंको आन्द्रामा ल्याक्टेज इन्जाइम छैन भने शारीरिक समस्या हुन सक्छ । त्यस्तै, जहाँसम्म बोसोको कुरा छ, १०० ग्राम गाईको दूधमा ४.१ ग्राम र भैँसीको दूधमा ६.५ ग्राम हुन्छ । त्यसैले होला भैँसीको दूध गाईको दूधको तुलनामा अलि बाक्लो पनि हुन्छ । भैँसीको दूधबाट बनेको दही निकै बाक्लो र मिठो हुन्छ । तर, मानिसहरु गाईको दूध र गाईको दूधबाट बनेका परिकार खान मन पराउँदछन् ।

दूध कसले पिउने ?

डा. अरुण कुमार भन्छन्– पहिले आमाको दूध पिउने बालबालिकामा मात्र ल्याक्टेज इन्जाइम थियो, तर दैनिक दूध पिउन अभ्यस्त भएपछि मानव शरीरमा परिवर्तन आउन थाल्यो । त्यसैले वयस्कले दूध पिउनु हुँदैन भनिएको हो । उनी भन्छन्– दूध पाचनसँग सम्बन्धित छ । कोही मानिस सामान्यतयाः एक लिटर दूध कुनै अपच बिना नै पिउँछन्, तर कसैलाई आधा गिलास दूधले नै ग्याँस, छाती पोल्ने र झाडापखाला लाग्न सक्छ । यस्ता व्यक्तिले दूध पिउनु हुँदैन । उनी भन्छन्– दूधमा धेरै पोषकतत्व हुने भएकाले बालबालिकालाई दूध दिनुपर्छ, तर यसले उनीहरूको तौल बढाउँछ पनि सक्छ । त्यसैले बालबालिकालाई दूध मात्र खुवाउनु हुँदैन । कतिपय बालबालिका दूधका कारण दोस्रो खानेकुरा खाँदैनन् । त्यसैले ठीक मात्रामा मात्र दूधको सेवन गर्नु पर्दछ ।

दैनिक कति दूध पिउने ?

केही वर्ष अघिसम्म क्रिकेटर महेन्द्र धोनीको मनपर्ने पेय पदार्थ दूध हुन्थ्यो । धोनीले दूध पिएर सट सजिलै प्रहार गर्थे । उनी दैनिक चार लिटर दूध पिउँछन् भन्ने कुरा इन्टरनेटमा भाइरल भइरहेको थियो । धोनीले आफू हरेक दिन एक लिटर दूध पिउने गरेको बताएका थिए । पोषणविद् धारिणी कृष्णन भन्छिन्– सबैले दैनिक एक लिटर दूध पनि पिउन सक्दैनन् । सायद धोनीमा एक लिटर दूध पचाउन सक्ने क्षमता छ किनभने खेलाडी भएकाले उनी धेरै व्यायाम गर्छन्, तर स्वस्थ व्यक्तिले ४०० मिलिलिटर दूध वा ४०० ग्राम दही भने खान सक्छन् । हरेक मानिसले बिहान या बेलुका या हरेक खानासँग बढीमा एक गिलास दूध पिउन सक्छन् । धेरै दूध पिउनु स्वास्थका लागि हानिकारक हुन्छ ।

के दूध सधै पिइरहनु पर्छ ?

होमियोप्याथिक डा. श्रवण कुमार भन्छन्– दैनिक ४०० मिलिलिटर, बिहान २०० मिलिलिटर र बेलुकी २०० मिलिलिटर दूध खानु ठीकै हो । तर, साँझको समयमा भने दूधमा चिनी मिसाएर पिउनु हुँदैन । किनभने दूधमा पहिले नै पर्याप्त क्यालोरी हुन्छ । उनी भन्छन्– यदि कसैलाई अल्सर वा ल्याक्टोजको एलर्जी छ भने उसले दूध पिउनु हुँदैन । यदि कसैलाई अपचको गुनासो छ भने उसले दूध पिउनु हुँदैन । यदि तपाईं क्याल्सियमका लागि दूधको अन्य कुनै विकल्प प्रयोग गर्न चाहनुहुन्छ र मांसाहारी हुनुहुन्छ भने सूप पिउन सक्नुहुन्छ । घिउ, मक्खन, बदाम, हरियो सागसब्जीले पनि क्याल्सियम दिन्छ । यसका अलावा अण्डाको सेतो भागले क्याल्सियम पनि दिन सक्छ ।

कुन दूध राम्रो दूध ए १ वा दूध ए २ ?

स्थानीय गाईको ए २ (प्रोटिन) जातको दूधमा प्रोटिन भरिएको र ए १ जातको विदेशी जातको गाईको दूधले धेरै रोग निम्त्याउँछ ? डा. अरुण कुमार भन्छन्– यस विषयमा विश्वभरि नै धेरै अनुसन्धान भएका छन् । दुई प्रकारका दूधको प्रोटिन संरचनामा केही भिन्नता छ, तर ए १ दूध मानव शरीरका लागि हानिकारक छ भन्ने बलियो प्रमाण छैन । भैँसीको दूध शतप्रतिशत ए २ जातको हुने उनीहरुको भनाइ छ । विदेशी जातका जर्सी गाईले पनि ए २ टाइपको दूध दिन्छन् । धारिणी कृष्णन भन्छिन्– ए १ र ए २ को अनुसन्धान गर्नु आवश्यक छैन । राम्रोसँग सफा भएको ठाउँबाट दूध पिउनु नै पर्याप्त हुन्छ । (एजेन्सीको सहयोगमा)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here