मानव सामाजिक प्राणी हो । सामजिक प्राणीका रुपमा स्थापित भएको मानवले समाजभित्रै आप्mनो भविष्य निर्धारण गर्दछ । मानव र समाजका संरचना आ–आफ्नै प्रकृतिका हुन्छन् । यी दुबैका संरचना भने एकअर्कामा अन्योन्याश्रित हुन्छन् । मानव शरीरमा भएका बिभिन्न अंगहरु मिलेर मानवको संरचना बनेको हुन्छ । मानव संरचनामा जस्तैः सामाजिक संरचनामा पनि परिवार, समुदाय, समूह, समिति, संस्था, संस्कृति आदिजस्ता अंगहरु मिलेर संगठित भएका हुन्छन् । सामजिक संरचनाले मानव–मानवका बीचमा आपसी सद्भाव र प्रेमको विकास गर्दछ । तर, यो सिद्धान्त सबै मानवमा समान रुपमा लागू नहुन सक्छ ।
कार्ल मानहिमका शब्दमा सामाजिक संरचनाका अंगहरुको पारस्परिक सहयोग र क्रियाकलापले समाजमा शक्तिको जाल निर्माण गर्दछ । यही शक्तिको जालले आवश्यकता परे मानव समुदायको बिरुद्धमा पनि भूमिका खेल्दछ । यो सिद्धान्तको प्रयोग सीमाको हकमा लागू हुन पुग्यो । पानी नचल्ने जातको रुपमा । तत्काल सामाजिक शक्तिको जाल सीमाको बिरुद्धमा उपस्थित हुन पुग्यो । यसको मुख्य कारण भनेको सामाजिक संरचना नै थियो । जसलाई सहजै प्रतिस्थापन गर्न गाह्रो हुन्छ । यसको मुख्य कारण सामाजिक संरचना विशेषगरी पूर्व निर्धारित क्रियाकलापमा आधारित हुन्छन् । यसैको फलस्वरुप सीमा समाजबाट बहिस्कृत तथा तिरस्कृत हुन पुगिन् । एक्लो बृहस्पति झुटो हुन पुग्यो । उनको गर्भको शिशु बेवारिसे बन्न पुग्यो । बेवारिसे भए पनि गर्भको शिशुले धर्तीमा पाइला टेकेरै छाड्यो । सृष्टीका रुपमा । सम्भावनाका रुपमा । सीमा आमा बनेरै छाडिन् । सम्भावना छोरी बनिन् ।
सामाजिक संरचनाहरु अपेक्षाकृत स्थायी प्रकृतिका हुन्छन् । तर, कहिलेकाही स्थान, समय र परिवेश विशेषका आधारमा प्रभावित पनि हुन्छन् । यो मान्यता लागू भयो । सम्भावना जन्मिएपछि । उच्च अदालतको ढोका खुल्न पुग्यो । त्यही ढोकाबाट सीमा र सम्भावना प्रवेश गरे । यसपछि घटनाक्रमले अर्कै मोड लिनपुग्यो । त्यही सामाजिक संरचना थियो । जसले सिमालाई बेवारिसे शिशुको जन्म गराउन बाध्य गरायो । फेरि त्यही सामाजिक सञ्जाल थियो । जसले समिर र उसको परिवारमा बिचलन ल्याइदियो । वास्तवमा सीमाले उच्च अदालतमा पुनरावेदन गर्नुको अपेक्षा समिरसँग जिन्दगी बिताउनका लागि थिएन । बाबु बिनाको छोरी जन्माइ भन्ने सामाजिक कलंकबाट बच्नु थियो । छोरीलाई पनि बचाउनु थियो । बाबु छोरीको नाता कायम गराउनु थियो । पति–पत्नीको लागि थिएन । यो सम्भव पनि थिएन । जीवन जिउने क्रममा खोलामा धेरै पानी बगिसकेको थियो ।
एउटा अनुसन्धानले देखाए अनुसार जब बच्चा जन्मन्छ । बच्चा जन्मेको केही साता वा महिनापछि महिलाको मस्तिष्कमा सूचना संग्रहित गर्ने कोषिकाको विकास हुन्छ । यसले महिलाको क्षमताको विकास गर्दछ । साथसाथै सहास र बुद्धी र विवेकको समेत विकास गर्दछ । यो तथ्यलाई सम्भावनाको जन्मपश्चात आमा बनेकी सिमाले पुष्टी गरेर देखाइन् । सीमा एउटा सामान्य परिवारमा जन्मिएकी थिइन् । साधारण पढलेख भएकी थिइन् । समाजको संरचनाले पनि एक्ल्याएकी थिइन् । पानी अचल जातमा गणना भएकी सीमालाई समाजका टाठाबाठाले झयाउँकुरीका नामले बोलाउने गर्दथे । सीमा पिछडिएकी, गरिबीले थिचिएकी थिइन् । तर, पनि उनले जिन्दगीमा हार खाइनन् । यसले के जित्छे र भन्ने समाजलाई हराएकी थिइन् । उनले जितकै सपना बुनेकी थिइन् । जितेरै छाडिन् ।
सीमाले बुझेकी थिइन् । महिलाहरुलाई सुरक्षाको आवश्यकता पर्दछ । सुरक्षा पुरुषहरुबाट हुनु पर्दछ । अन्यथा जीवन जीउन गाह्रो हुन्छ । उनले यो पनि बुझेकी थिइन् । तिनै पुरुषहरु पराइ हुन सक्छन्, दुश्मन हुन सक्छन् । खलनायक हुन सक्छन् । खतराका सांकेतिक घण्टी हुन सक्छन् । अतः मित्रता र शत्रुता यी दुबै अवस्था एउटी महिलाका लागि चुनौती र अवसर बन्न सक्छन् । यसर्थमा सीमाले पुरुषलाई मानवको ठाउँमा दानव उपस्थित भएको ठानेकी थिइन् । पुरुषरुपी मानवबाट सुरक्षित हुनेभन्दा पनि असुरक्षित भएको महशुस गरेकी थिइन् । उनको यो जीवनयात्रा संकटमय थियो । अविरल पनि थियो । कठिन पनि थियो । यो क्रम जान्दाजान्दै पनि उनी उच्च अदालतको ढोका ढकढकाउन पुगेकी थिइन् ।
हाम्रो समाजको बनावट अनौठो छ । जसले परापूर्व कालदेखि नै अनेकौ नजिर स्थापित गरेका छन् । विशेषगरी महिलाको हकमा । एउटी महिलाले आप्mनो लोग्ने गुमाएपछि उनीमाथि समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपथ्र्यो । एउटी अवला जसको लोग्ने ठाडै छ । बाँचिरहेको छ । धर्तीमा हिँडीरहेको छ । स्वास्नीलाई त्योगेको अवस्था छ भने त्यो झनै कठिन हुँदो रहेछ । एकातिर लोग्नेले दुश्मनको व्यवहार गरेको हुन्छ । अर्कातिर समाजले अनेकौ प्रकृतिका कथा जोडेका हुन्छन् । कुरा काटेका हुन्छन् । ती कथाहरु झनै भयावह हुँदारहेछन् । दर्दनात्मक हँुदारहेछन् । यसमाथि पनि बाबुको पहिचान दिन सकिएन भने समाजको नजरमा त्यो महिला पतित् बन्न पुग्दोरहेछ ।
योे पीडाले एउटी नारीलाई कुन भित्तासम्म पु¥याउला । भोगाउनेलाई थाहा नहुन सक्छ । भोग्नेले जान्दछ । भोगिरहेको हुन्छ । जीवनको त्यो खोट जीन्दगीभर अजय बन्दोेरहेछ । तर, पनि बाँच्नैपर्ने रहेछ । जीवन एकलकाटे भए पनि अपाङ्गै भए पनि, खिसिट्याउरीका कथाव्यथामा रहे पनि जिउन भने प्रेरित गर्दोरहेछ । प्रकृति र पुरुषको संरचनामा कति फरक रहेछ । सामन्ती स्वरुपका पुरुषका पद्चिन्हहरुले प्रकृतिकोे स्वतन्त्रतालाई पीँडैपीँडामा जेल्दो रहेछ । पुरुषतन्त्रीय चिन्तनले नारीको अस्तित्व र स्वतन्त्रतालाई बचाइ राख्न चुनौतिका पर्खाल खडा गर्दाेरहेछ । समाज पनि निरीह बन्दोेरहेछ । सञ्जालका नाममा सामाजिक शक्तिको जाल नै निकम्बा भएपछि टुलुटुलु हेरेर जिउनुपर्दो रहेछ । यो प्रकृतिको अवस्था सीमाको अनुभवमा पनि थियो ।
सीमा उनका बाबुआमाको पहिलो सन्तान थिइन् । बाबुले प्यारो गरेर बोलाउने नाम झ्याँउकुरी थियो । पछि वरपर छरछिमेकले बोलाउने नाम पनि झ्याँउकुरी नै बन्योे । बाबुको प्यारो नाम अरुको हेयको नाम बन्न पुग्यो । बाबु आरनमा काम गर्थे । कुटो कदालो, खुर्पा हँसिया, आदि बनाउँथे । बाबुले आरनको भाँटी चलाएर कोइलामा आगोको राप तयार गर्दथे । सखुवाघारीमा गएर कोइला बनाएर बाबुले ल्याउँथे । त्यही कोइलाको रापले जब फलाम तातेर रातो हुन्थ्यो । अनि बाबुले झ्याउँकुरीलाई कराएर बोलाउँथे । तुरुन्तै हाजिर हुनु पर्दथ्यो । अन्यथा बाबुको रीस सबैमाथि आइलाग्थ्यो । तातेको फलामलाई दुबै हातले सनासोले चेपेर बाबुले समाउँथे । अनि सीमा र आमालाई पालैपालो घनले हान्न लगाउँथे । घनले हान्ने क्रम टुङ्गिएपछि नजिकै ढुङ्गामा खोपेर बनाएको पानी राख्ने भाडोमा चोबल्थे । तातेको फलाम पानीमा झ्वाँइए…गर्दथ्यो । बाबु फेरि भाटी चलाउँथे । आमाछोरीले भने फुर्सद पाउँथे । भाइ सानै थियो । यो क्रम लामो समयसम्म चल्यो ।
सीमालाई लाग्थ्यो फलाम तातेपछि मात्र बाबुले किन बोलाएको होला । अनि किन त्यति नै बेला घनले हान्नुपर्ने । पछि थाह भयो । त्यो त समयको खेल पो रहेछ । उपयुक्त समयको सदुपयोग रहेछ । फलामलाई आफूले चाहे अनुरुपको आकारमा ढाल्न पो रहेछ । बाबुले बेला बेला भन्ने गर्दथे, ‘रात रह्यो अग्राख पलायो ।’ यो पनि सीमाले लामो समयपछि मात्र बुझिन् । कुनै पनि कार्यको निश्चित समय हुँदोरहेछ । समयलाई निश्चित समयमा सदुपयोग गरेमा कार्य सम्पन्न गर्न सहज हुँदो रहेछ । समय बितेपछि त्यही कार्य सदाका लागि बोझिलो पनि हँुदोरहेछ । यिनै कुराले सीमालाई प्रेरित ग¥यो । फलाम तातेको छ । अन्यथा रात रहेर अग्राख पलाए झैँ हुन्छ । सीमाले पनि ठीक त्यही बेला घनले हिर्काइन् । हुनत उनकोे नाम झ्याँउकुरी थियो । समिरले नै उनलाई सीमा भनेर बोलाउँथ्यो । सीमालाई पनि यो नाम मन प¥यो । समिरले सीमा भनेर बोउँदा उनी खुशी हुन्थिन् । हजुर भन्दथिइन् । उनै हजुर भन्ने सीमा आज भाँटी चलायरहेकी थिइन् । फलाम तातेको अवसरलाई सदुपयोग गर्न आतुर थिइन् ।
सीमा आफैले आफैलाई भनिन् फलाम तात्यो । सेलायो भनेत रात रहेर अग्राख पलाए झैँ हुन्छ । मौका हेरे । मैले पनि फलामलाई आफ्नो अनुकूलको आकारमा ढाल्नु थियो । तातेको बेला घनले हिर्काए । मैले अनुकूल आकारमा ढाले । परिणाम समिरलाई आज समाजले बहिस्कार गरयो । हिजो मलाई बहिष्कार ग¥यो । उसको परिवारलाई पनि समाजले त्यागो । समाजको शक्तिको त्यो जाल समिर र उसको परिवारमाथि पनि जेलियो । मैले पनि तिरस्कार गरे । खोजी खबरी गरिन् । ऊ बर्षाैदेखि बेपत्ता थियो । कोही कसैले कही पनि उसलाई भेटेको जानकारी छैन । खोज खबरी पनि छैन । समाज समुदाय अनि हामीबीचबाट पनि ऊ हराइसकेको छ । उसको परिवार पनि जग्गाजमिन बेचबिखन गरेर अन्यत्रै बसाइँ सरेर गइसकेको छ । समिरको मात्र घर छ । कसैले किनेको पनि छैन । उसले बेचेको पनि छैन । त्यही घरमा आजभोलि अलेखे जोगीले डेराडण्डा जमाएको छ ।
लड्नै लागेको त्यो घर स्याहार सम्भार गरेको छ । गाउँलेहरुले पनि खासै वास्ता गरेका छैनन् । सबैको नजरमा यो त अपुताली परेको घर हो भन्ने भ्रम परेको छ । हेर्दा पनि त्यस्तै देखिन्छ । सम्बन्ध राम्रो भएको भए आज त्यही घरमा सीमा, सम्भावना र समिर एक साथ रहेका हुन्थे । समाजसँग तागत हुन्छ, शक्ति हुन्छ । कहिलेयता, कहिले उता हो त्यस्तै भयो । कहिले समिर र उसको परिवार माथि समाज खनियो । कहिले सीमा र उनको छोरी सम्भावना माथि । जो तल प¥यो । समाजको नजरमा पनि उ गि¥यो । जो माथि उठ्यो । उसको शिर मात्र उच्च रहयो । छुवाछुतको जालोभित्र विखण्डित बनाइएको त्यो परिवार न माथि उठयो । न शिर नै उच्च राख्न सक्यो । मसिनो काँडाका टुप्पाले नजानिँदोसँग च्यास्स–च्यास्स घोचे जीवनभर निरन्तररुपमा घोचिरहेको छ । यो पीडाको अनुभव आज पनि सीमा र सम्भावनालाई भइरहेको छ ।