बेपत्ता छोरा खोजी दिन आग्रह

२४ चैत्र २०८०, शनिबार मा प्रकाशित

मेचीनगर ।

मेचीनगर–१४ निवासी १४ वर्षीय बालक प्रनित (कुमार) शिवाकोटी हराएपछि खोजी दिन अभिभावक (बुवा–आमा) गोपाल–सीता शिवाकोटीले आग्रह गरेका छन् ।

गत चैत २२ गते प्रनित (कुमार)ले मलाई नखोजिदिनु, म छोरा हुन लायक भइन्, म हराए भनेर नरुनु भनी चिठी छोडेर बेपत्ता भएकाले अभिभावकले खोजी दिन आग्रह गरेका हुन् । उनले चिठी लेखेर घरको भान्साकोठामा पाएपछि हजुरबुवा टंकप्रसाद शिवाकोटीले प्रहरी चौकी चारआलीमा खोजी गरिदिन निवेदन गरेका थिए ।

प्रनिक संस्कृतका विद्यार्थी हुन् । भारतको करसाङमा कक्षा ४ सम्म अंग्रेजी माध्यमसम्म पढेपछि संस्कृत विद्याप्रति रुची भएकै कारण अभिभावकले चार वर्षयता नेपालको संस्कृत विद्यालयबाट पठनपाठन गराउँदै आएका थिए ।

आमा सीता हाटबजारमा सब्जी पसल गरेर गुजारा चलाउँदै आएकी छिन् भने र बुवा गोपाल छोराको शिक्षासहित पालनपोषणका लागि स्थानीय मख्खन चामल मिलमा मजदुरबाट अर्थको जोह गर्दै आएका छन् ।

परिवारको एक्लो छोरा भएकै कारण आगामी शैक्षिकसत्रदेखि घरबाटै विद्यालय पठाउने योजना बनाएका थिए यी दाम्पतीले । तर, अचानक छोरोले चिठी लेखेर बेपत्ता भएपछि दम्पतीको योजना नै संकटमा प¥यो । प्रनित हराएको बारेमा आफन्त–छिमेकी र उसका साथीभाइ सबैलाई सोधपुछ गरिसकेको तर, हालसम्म फेला नपरेको बुवा कुमारको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here