ओरेञ्ज मिडियाको शुभकामना आदानप्रदान कार्यक्रम

0
15

बिर्तामोड ।

नववर्ष आरम्भ २०८३ को अवसरमा ओरेञ्ज एक्स्काभेटर मिडिया प्रालिको आयोजनामा शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।

ओरेञ्ज मिडिया प्रालिका सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं.१० का अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सैनिकबजार व्यवस्थापन समितिक‍ा अध्यक्ष अनुत सुब्बाले स्वागत गरेका थिए।

सैनिकबजारमा सम्पन्न कार्यक्रममा मिडियाले नववर्ष २०८३ को आगमन सुखद र उल्लासमय ढंगले स्वागत गर्दै स्थानीय युवा तथा बाल प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मिडिया प्रालिका अध्यक्ष राईले जानकारी दिए।

प्रमुख अतिथि वडाध्यक्ष गुरुङले नव वर्षको शुभकामना व्यक्त गर्दै विभिन्न क्षेत्रमा उत्कृष्ट स्थान र इतिहास बोकेको सैनिकबजार क्षेत्रमा ओरेञ्ज मिडियाले स्थानीय गतिविधि प्रचारप्रसारसँगै यसप्रकारको कार्यक्रमको आयोजना गर्नु प्रसंशनीय भएको बताए।

कार्यक्रममा स्थानीय सैनिकबजार महिला नौमती बाजा समूहले नौमती बाजा बजाएर गीत तथा नृत्यसहित कार्यक्रमको रौनक थपेका थिए भने मौलिक सांस्कृतिक भेषभूषासहित स्थानीय कलाकारले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु पृथ्वी बस्नेत,दीपिका सिवा,धनमाया श्रेष्ठ, कियाचु बिर्तामोडका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, विष्णुभगवती स्मार्ट विद्यालयका संस्थापक प्रिन्सिपल पुण्यप्रसाद उप्रेती, सैनिकबजार सेवा समाजका अध्यक्ष कर्णबहादुर गुरुङ, भूपू सैनिक टोल विकास संस्थाका अध्यक्ष कविता घले गुरुङ, शिवालय हाटका अध्यक्ष केदार श्रेष्ठ,शिक्षासेवी मनु मुखिया, सञ्चारकर्मी रत्न बस्नेतलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको आतिथ्य रहेको थियो।

कार्यक्रमको सञ्चालन ओरेञ्ज समाचार डट कमका सम्पादक सन्तोष बेघा र प्राञ्जल पोखरेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here