तेश्रो अमृत महाकुम्भ नेपालको चतरामा

२९ चैत्र २०८०, बिहीबार मा प्रकाशित

नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट मंगलवार चैत्र २७ गतेबाट २०८१ बैसाख २८ गतेसम्म सञ्चालन हुने बाह्रबर्षे चतरा अमृतमहाकुम्भको समुद्घाटन भएकोछ । कुम्भमेलाको ऐतिहाँसिक र पौराणिक तथ्यअनुसार समुन्द्रमन्थनबाट प्रकट भएको अमृतघडालाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तले लिएर आकाश तर्पm भाग्ने क्रममा दक्षिण तिरको हरिद्वार, प्रयाग, उज्जैन र नासिक क्षेत्रमा १/१ थोपा झर्न गयो, सबै कुम्भस्थलको रुपमा स्थापित भए । देवताहरुले जयन्तलाई लखेट्न थाले, अन्त्यमा डराएका जयन्तले अमृतघडालाई हत्तपत्त छाडेर स्वर्गलोकतिर लागे ।

त्यसपछि देवता र दानवहरुमा कसले अमृत पहिले खाने भन्ने बिषयलाई समाधान गर्न भगवान श्रीनारायणले मोहिनीरुप धारणगरी अमृतघडालाई हातमा लिएर देवता र दानवहरुलाई पंक्तिबद्ध गराई बाँड्न खोज्दा घडामा ढपक्क अमृतको तर लागेको देखेर पहिले त्यो अमृतको तरलाई पिण्ड बनाएर राखे, त्यसपछि सबैलाई अमृत बाँडेर वर्तमानको प्राचीन हरिद्धार चतराधाममा चैत्र महिनाको शुक्लपक्षको प्रतिपदा तिथिकै दिनबाट एक महिनासम्म सँधै कौशिक्रिस्नान गर्दै अमृतपिण्ड महोत्सव गर्नुभयो ।

यस तथ्यलाई हृदयम गर्दै नेपालको सुनसरीस्थित चतराधाम नै प्राचीन हरिद्वार भएको बिषय २५ बर्षको उमेरमै देश –बिदेशका अनेकौं धर्माचार्यहरुसँग बृहद् शास्त्रास्त्र गरी सिद्धगरेर सबैको समर्थन जुटाएर विश्वको पाँचौ कुम्भस्थलका रुपबाट चतराधाममा २०५९ साल बैसाख १ बाट जेठ १ सम्मको प्रथम पिण्डेवर कुम्भमहोत्सवका अवसरमा भारतबाट विश्वहिन्दु परिषदका अन्तराष्ट्रिय अध्यक्ष अशोक सिंघल, काशी सुमेरुपीठका जगद्गुरु शंकराचार्य नरेन्द्रानन्द सरस्वती सहित हजारौं भारतीय सन्तहरुको आगमन गराउनु भएको थियो । वाराणसीबाट काशी पण्डितसभाका महामन्त्री डा. विनोद राव पाठकज्युको नेतृत्वमा २१ विद्वानहरुको टोली कुम्भमा उपस्थित भई कुम्भप्रति समर्थन जनाएको थियो ।

उहाँको यसप्रकारको कार्यक्षमताको सम्मान स्वरुप सयौं बर्षको इतिहाँस सम्हालेको काँशी विद्वतपरिषदले २०६७ बैसाख १ मा जगद्गुरु पद्वीबाट विभूषित गरेको थियो । त्यसपछि नेपाल सरकारका तर्पmबाट तात्कालीन सस्ंकृति मन्त्री मिनेन्द्र रिजाल लगायतको टोलीले काठमाण्डौ ल्याई जगद्गुरुको यो महानपद नेपालका लागि पहिलो भएको घोषणा गरेको थियो ।

आजको यस अमृतकुम्भ महोत्सव कार्यक्रमको सञ्चालन सुनिल भट्टराई र धामका महासचिव प्रल्हाद भट्टराईबाट पालैपालो भएको छ भने, स्वागत मन्तव्य बराहक्षेत्र नगरपालिका मेयर रमेश कार्कीबाट भएकोछ । चतराधामलाई कुम्भ नगरी बनाउने प्रयासमा निरन्तर जुट्नु हुने बिराटनगरका पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालका पारिवारिक सदस्य र भोजनप्रसाद सहयोग टीम पक्षधरका तर्पmबाट इन्दिरा रिजाल, र प्रदेश एकका मुख्यमन्त्री एकराज कार्कीले महाराजश्रीलाई कुम्भको थालनी गरेर यस क्षेत्रमा सास्ंकृतिक र पर्या–पर्यटकीय सुधार भएको र बजार बिस्तार हुँदा आर्थिक गतिधिमा समेत अतुलनीय सुधार भएकोले धन्यवाद ज्ञापनसहितको मन्तव्य राख्नु भएको थियो । अन्त्यमा सम्माननीय राष्ट्रपतिज्यूबाट कुम्भमहोत्सव राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै आगामी दिनहरुमा अझ व्यवस्थित गर्दै अघि बढाउने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । त्यसपछि कुम्भमहोत्सवका अध्यक्षको नाताबाट जगद्गुरु महाराजश्रीबाट अब सरकारले यो पावन क्षेत्रलाई कब्जा गरेर कुम्भको सम्पूर्ण दायित्व ग्रहण गर्नुपर्ने बिचार राख्नुभयो, अमृतमहाकुम्भ लगायतका राष्ट्रियपर्वमा सरकारले निम्ता दिएको खण्डमा आपूm पाहुनाको रुपमा उपस्थित हुने र प्राप्त जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै सम्माननीय राष्ट्रपतिसहित सम्पूर्ण मान्यजनहरुलाई धन्यबाद सहित सभाको अन्त्य गर्नु भएको थियो ।

शास्त्रले जम्मा १२ वटा कुम्भस्थलहरु इङ्गित गरेका भएपनि हाल खोज भइसकेका जम्मा ५ वटा कुम्भमेलाहरु मध्ये ४ ठाउँमा अमृतका विन्दुहरु झरेकै कारणले पहिल्यैदेखि नै कुम्भस्थल भनेर विख्यात भई स्थापित भइसकेको देखिन्छ । तर नेपालको चतराधाम प्राचीन हरिद्वार नै भएपनि खोजी हुन नसक्दा र तथ्य फेला नपरेरै अन्यौल नै भइरह्यो । बल्ल जगद्गुरु महाराजश्रीको अथक प्रयास स्वरुप कुम्भमेला सन्दर्भको श्रीमद्स्कन्द महापुराणको हिमाद्रिखण्ड अध्याय १२ श्लोक संख्या ३४ देखि ३८ सम्मका स्पष्टसँग बताइएको तथ्यहरु र व्यवस्था पत्ता लगाउनाले हामी अमृत महाकुम्भको पवित्रतालाई आत्मसात् गर्न सफल भएका छौं ।

– नेपालमा प्रथमपटक पूर्णमहाकुम्भ महोत्सव (२०५९) को नामबाट २०५९ साल बैसाख १ गते देखि जेठ १ गतेसम्म भव्यरुपले सम्पन्न भएको थियो ।
– २०६३ साल चैत्र ६ गते देखि २०६४ वैसाख ८ गतेसम्म चतराधाममा पहिलोपटक अर्ध कुम्भमेला सम्पन्न भएको थियो ।
– २०७० चैत्र शुक्लपक्ष प्रतिपदा तिथि चैत्र १७ गतेदेखि २०७१ वैसाख १९ गतेसम्म दोश्रो पिण्डेश्वर पूर्णकुम्भ मेला सम्पन्न भयो ।
– २०७५ साल चैत्र २३ गते देखि २०६४ वैसाख २५ गते सम्म चतराधाममा दाश्रो अर्ध कुम्भ मेला सम्पन्न भएको थियो ।
– २०८० साल चैत्र शुक्लपक्ष प्रतिपदा तिथि चैत्र २७ गतेबाट २०८१बैसाख २८ गतेसम्म तेश्रो पिण्डेश्वर पूर्ण कुम्भ मेला सम्पन्न भयो ।

हिन्दुसमाजको आधिकारिक सैयौं बर्ष पुरानो काँशीविद्धत परिषदले अनन्तश्री विभुषित जगद्गुरु वालसन्त मोहनशरण देवाचार्यमाहाराजश्रीलाई ऐतिहाँसिक जगद्गुरुको ओहोदा टक्¥याउँदै वैदिक सनातन धर्मरक्षाको जिम्मेवारी समेत जगद्गुरु माहाराजश्रीको काँधमा थमाइदिएकोछ, जुन समस्त हामी नेपालीका लागि गौरवको बिषय हो ।
अनन्तश्री विभुषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य माहाराजश्रीका अनुसार लोक–कल्यण गर्ने पालन गर्ने कौशीकी माताको महिमा अनन्त छ । यस धर्तीका पुर्वज र ऋषि–मुनीहरुले तप– आराधना र स्याहार– संभार गरेको यस्तो पवित्र पावनभूमि विश्वमा अन्यत्र कहीं छैन ।

ऋण काढेर तीर्थयात्राका लागि बिदेश दौडेर गरिने स्नानहरु र दर्शनहरु भन्दा आफ्नै मुलुकमा अविरल बगिरहने हिमवत स्वच्छ र पवित्र नदीहरुमा गरिने स्नान र आफ्नै मुलुकमा रहेका बाह्र ज्योतिर्लिङ्ग सहितका अनेकौं मठमन्दिरहरुको दर्शनले नै मनग्यै पूण्य प्राप्ति हुन्छ, वैकुण्ठ प्राप्ति हुन्छ, भने यसकासाथै आन्तरिक पर्यापर्यटनको विकास र अभिबृद्धि भई हाम्रो आर्थिक गतिबिधिमा सुधार हुँदै सास्ंकृतिक सम्पदाहरुको महत्वमा अभिबृद्धि हुनेछ । जयश्री राधे !!!

(लेखक जगद्गुरु जन्मस्थल संरक्षण तथा पूर्वीयदर्शन अध्ययन केन्द्रका सचिव समेत हुनुहुन्छ ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here