चिल्ड्रेनमा ‘अन्तराष्ट्रिय बालविकास कार्यक्रम’

३० चैत्र २०८०, शुक्रबार मा प्रकाशित

झापा ।

चिल्ड्रेन इन्भारोमेन्ट स्कूलमा लागू गरिएको अन्तराष्ट्रिय बाल बिकास कार्यक्रम ‘आइसीडीपी’ प्रभावकारी देखिएको छ ।

बिर्तामोड –१ मा सञ्चालित विद्यालयले शैक्षिक सत्र २०७९÷०८० देखि यो कार्यक्रम लागू गरेको थियो । नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकालाई लक्षित गर्दै कार्यक्रम लागू गरेको र कार्यक्रम अत्यन्त प्रभावकारी भएको विद्यालयका संस्थापक प्रिन्सिपल सन्तोष सुब्बाले दावी गरे ।

नर्बेबाट शुरु भएको ‘अन्तराष्ट्रिय बाल बिकास’ कार्यक्रम सन् २०१४ बाट नेपाल भित्रिएको हो । युनिसेफ, युनेस्को र युएनले विस्तार गरेको यो कार्यक्रम चिल्डे«न इन्भारोमेन्ट स्कूलमा सञ्चालन भएसंँगै विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका साथै उनीहरुको अन्तरनिहित प्रतिभाको समेत उजागर भएको संस्थापक प्रिन्सिपल सुब्बाको भनाइ छ ।

कोशी प्रदेशमा नै पहिलोपटक विद्यालयले यो कार्यक्रम भित्र्याएको र कार्यक्रम शुरु भएदेखि नै विद्यार्थी र अभिभावक उत्साहित बनेको उनले बताए ।

कार्यक्रम अन्तरगत विद्यालयका दुई जना सहजकर्ताले अभिभावकलाई आफ्ना बालबालिकाको हेरचाह प्रणालीको विषयमा जानकारी दिँदै आन्तरिक र बाह्रय दुबै पक्ष समेटेर सिकाइमा सहजीकरणका लागि प्रशिक्षण प्रदान गर्ने गरिएको प्रिन्सिपल सुब्बाको भनाइ छ ।

मूलतः आइसीडीपी कार्यक्रम अन्तरगत विद्यार्थीसंँगै अभिभावकलाई समेत प्रशिक्षण दिने गरिएको छ । जसका कारण विद्यार्थीमा सकारात्मक प्रभाव परेसंँगै सिकाइ उपलब्धि तत्काल देखिएको सुब्बाले बताए ।

हाल सो स्कूलले इसीइसी कार्यक्रम अन्तरगत नै आइसीडीपी कार्यक्रम लागू गरेको र यो कार्यक्रम सञ्चालनका लागि अर्ली चाइल्डहुड एजुकेशन सेन्टरमार्फत शिक्षकलाई तालिम प्रदान गर्दै लक्ष्मी बराइलीलाई सहजकर्तासहित कार्यक्रम संयोजक तथा सोनिया लकान्द्री विश्वकर्मालाई सहजकर्ता तोकिएको संस्थापक प्रिन्सिपल सुब्बाको भनाइ छ ।

हाल विद्यालयमा कार्यरत १३ जना शिक्षकलाई स्याहारकर्ताको तालिम प्रदान गरिएको छ । तालिमप्राप्त शिक्षकले विद्यार्थीको सिकाइलाई सरलीकृत गर्न मद्दत पुग्ने प्रिन्सिपल सुब्बाको भनाइ छ । विश्वका ५५ भन्दावढी देशमा सञ्चालित यो कार्यक्रमले चरित्रवान र असल विद्याार्थी उत्पादनमा सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ ।

आइसीडीपी कार्यक्रमका महत्वपूर्ण पक्ष भनेको बालबालिकाको बारेमा स्याहारकर्ताको अबधारणा बुझ्न सकिन्छ । संस्कृतिमा केन्द्रीत विकासात्मक मनोविज्ञानले बालबालिका र सुसारेबीचको सम्वन्धलाई थप स्थापित गर्ने बिद्यालयले जनाएको छ ।

परम्परागत पढाइभन्दा यो विधि अपनाएर विद्यार्थीलाई सिकाउँदा असल बालबालिका कस्तो हुनुपर्छ र उनीहरुलाई घरमा कसरी हुर्काउने भन्ने विषयको समेत अभिभावकलाई जानकारी हुने कार्यक्रम संयोजक बराइलीले बताइन् । उनले भनिन् – हामी विद्यार्थीलाई मात्र सिकाउँदैनौं अभिभावकलाई समेत बच्चालाई कस्तो बातावरणमा घरमा हुर्काउने भन्ने ज्ञानसमेत प्रदान गर्छाैं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here