कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेः राजेन्द्र महतो

0
3

काठमाडौँ ।

कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप राजेन्द्र महतोले लगाएका छन् । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए । उनले नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिने दाबी गरे ।

उनले नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए । उनले क्यापिटालिज्म कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए ।

उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिन्छन् ।

हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् । यिनीहरूको पतन हुन्छ । क्यापिटालिज्म कम्युनिज्म दुनियाँमा असफल भइसक्यो । नेपाली जनतालाई अब ठग्ने दिन गए ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here