प्रधानमन्त्री दाहालकाे भारतीय उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग भेटवार्ता

0
3

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् ।

दाहालले भारतीय उद्योग परिसंघ (सिआइआई) का अध्यक्ष सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् । प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग पनि भेटवार्ता गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभामा सहभागी हुन सिआइको टोली काठमाडौं आएको हो ।

दाहालले नेपाल सरकार विदेशी लगानीकर्तालाई सहज बनाउन नीतिगत सुधार गर्न इच्छुक रहेको बताए । उनले विदेशी लगानीकर्तालाई लजिस्टिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपालमा लगानी सहज बनाउन सीआईआई प्रतिनिधिमण्डललाई आग्रह गरे ।

यसैबीच अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताए । उनले नेपाल र भारतबीचको व्यापार र लगानी प्रवद्र्धनका लागि आफ्नो क्षमताले सक्दो प्रयास गर्ने भारतीय प्रतिनिधिमण्डललाई आश्वासन दिए ।

उद्योगमन्त्री भण्डारीले विदेशी लगानीकर्ताले नेपालमा स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग उपलब्ध गराइने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here