मलामी आएका ब्यक्तिलेले चिर्पटले प्रहार गर्दा…

३ बैशाख २०८१, सोमबार मा प्रकाशित

बिर्तामोड ।

सुनसरीको इटहरी उप–महानगरपालिका–४ मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।

आज दिउँसो “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ बर्षीय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो ।

इटहरी उप–महानगरपालिका–४ गैरीगाँउबाट मलामी आएका ३७ बर्षीय उमेश तामाङ र धरानका ३० बर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका बिनोद तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको हो ।

घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलास भइरहेको कोशी प्रदेश प्रहरी कार्याालय विराटनगरले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here