पत्रकार सहारा उपचार कोषमा एक करोड: महासंघ झापाको सह्राहनीय कार्यः डा. यादव

३ बैशाख २०८१, सोमबार मा प्रकाशित

झापा ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाल पत्रकार महासंघझापाले शुरु गरेको अभियान देशभर सञ्चालन गर्नुपर्ने बताएका छन् ।

पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा एक करोड रुपैंया पुगेको उपलक्ष्यमा आयाोजित दाता सम्मान कार्यक्रममा बोल्दै डा. यादवले दीर्घकालीन सोचका साथ शुरु गरिएको यो अभियान देशैभर सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले देशकै उदाहरणीय कार्य भएको भन्दै पत्रकार महासंघ झापा शाखाको प्रशंसा गरे ।

नेपाली पत्रकारिता साउथ एशियामा नै अगाडि रहेको बताएका डा. यादवले देशमा महत्वपूर्ण परिवर्तनहरुमा नेपालका पत्रकारहरुले उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गरे । उनले वि.सं. २००७, २०१७, २०४६ र २०६२–०६३ को जनआन्दोलनमा सञ्चारजगतले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

पूर्व राष्ट्रपति यादवले विदेशीहरूसँगको भेटमा नेपालको पत्रकारिता उत्कृष्ट रहेको बताउने गरेको कार्यक्रममा उल्लेख गरेका थिए । झापा आन्दोलनको उर्वरभूमि हो– उनले भने– झापामा आन्दोलन शुरू भयो भने देशभर तरब मच्चिने गरेको छ, यो अभियान पनि देशैभर फैलिनेमा आफू आशाबादी रहेको छु । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले पत्रकार महासंघ झापाले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । उनले अन्य जिल्लाले समेत झापाबाट धेरै कुरा सिक्नुपर्ने बतााए ।

यता कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल पत्रकार महासंघ झापाले पत्रकारको हितमा गरेको कामको प्रशंसा गर्दै पत्रकारको पेशागत दक्षता र क्षमता अभिवृद्धिबाट आफू समेत पे्ररित भएको बताए । उनले आफू झापाबासी भएको र झापाली पत्रकारिता क्षेत्रको विकासका लागि आफू मुख्यमन्त्री भएको समयमा महासंघ झापालाई सहयोग पु¥याउन पाएको भन्दै खुशी व्यक्त गरे । आफू राजनीतिक कार्यकर्ता भएको भन्दै उनले आगामी दिनमा पनि सहयोग गर्ने वचन दिए ।

त्यस्तै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको कोषको प्रशंसा गरे । उनले कोषमा सहयोग गर्ने दाता परिवारलाई समेत धन्यवाद दिए । नेपाालका परिर्वतित आन्दोलनमा सञ्चार माध्यमले पु¥याएको योगदान उल्लेख्य रहेको भन्दै उनले सञ्चार क्षेत्रका विकास भए मात्रै लोकतन्त्र सुदृढ हुने बताए । कार्यक्रममा बोल्दै सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले दीर्घकालीन सोच राखेर शुरु गरिएको यो अभियानले सार्थकता पाएको भन्दै खुशी व्यक्त गरे । सही नेतृत्व पाए बाँकी रहेका कामले सफलता प्राप्त गर्ने भन्दै गिरीले यसपटक झापा शाखाले देखेको सपना पूरा भएको बताए । उनले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष भीम नेम्वाब्को कार्यकालबाट शुरु भएको अभियानले सार्थकता पाएको भन्दै यसको संरक्षण, विकास र प्रवद्र्धनमा ध्यान दिन सुझाव दिए ।

नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पत्रकार महासंघ झापा शाखाले स्तुत्य कार्य गरेको भन्दै अध्यक्ष एकराज गिरीसहित अभियानका परिकल्पनाकार तथा दातालाई धन्यवाद दिए । उनले कोषको रकम दुरुपयोग हुन नदिने उल्लेख गरे । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । अध्यक्ष गिरीले यो अभियानमा जोडिनेसबैलाई धन्यवाद दिए । उनले यो कोषको रकम दुरुपयोग नहुने भन्दै कोषलाई अझ बढाएर लैजाने प्रतिबद्धता जनाए । उनले कोषबाट प्राप्त ब्याजबाट अग्रज पत्रकारलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने आफ्नो अभियान रहेको जानकारी समेत दिए ।

महासंघ झापाका सचिव डिकेश लामाले स्वागत गरेको कार्यक्रममा अभियानमा सहयोग गर्ने सहारा नेपाल, अन्तर्राष्ट्रिय झापाली समाजसहित व्यक्तिगत रुपमा सबैभन्दा धेरै रकम प्रदान गर्ने दाता जयनारायण ढुब्गाना लगायत एक सय ३८ जनालाई सम्मान गरिएको थियो । सम्मान सरकारी निकाय, विभिन्न संघ–संस्था र दातालाई कार्यक्रमका प्रमुख अतिथि डा. यादवले प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । कोषको रकम एक करोड पुगेसँगै अक्षयकोषको घोषणा र महासंघ झापा शाखाको स्तरोन्नति गरिएको भवनको डिजिटल उद्घाटन गरिएको थियो । प्रमुख अतिथि डा. यादवले झापा आए लगत्तै महासंघ कार्यालयको अवलोकन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here