जुकेखाडीको शुभकामना एवम् सम्मान कार्यक्रम सम्पन्न

0
7

अर्जुनधारा ।

नव वर्ष २०८१ को अवसरमा झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सोमबार शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

समूहका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराईले उद्घाटन गरेका थिए ।

समूहले निवर्तमान कार्यसमितिका अध्यक्ष झरीन्द्र खड्कासहित १५ जना पदाधिकारी तथा सदस्यलाई कदर पत्र, लेखा समितिका संयोजक शंकर घिमिरेसहित ५ जना र निर्वाचन आयोगका संयोजक दिपीन राईसहित ६ जनालाई सम्मान पत्रबाट सम्मानित गरिएको समूहका कार्यालय सचिव हरि खतिवडाले जानकारी दिए ।

कार्यक्रममा अर्जुनधारा–४ का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, समूहका संस्थापक अध्यक्ष विष्णुप्रसाद दुलाल, पूर्व अध्यक्ष दिव्यप्रसाद कट्टेल, लेखा समितिका पूर्व सदस्य रामकुमार महतलगायतले मन्तव्य राखेका थिए ।

समूहका उपाध्यक्ष लक्ष्मीराम शर्माले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उर्मिला अधिकारी कटुवालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here