बसको डिकीमा लुकाई लगेको काठ संयुक्त टोलीको नियन्त्रणमा

५ बैशाख २०८१, बुधबार मा प्रकाशित

माई/इलाम ।

यात्रु लिएर इलामवाट झापा जादै गरेको वसवाट प्रहरी र बन रक्षकको संयुक्त टोलीले सखुवाको चिरान काठ सहित काठ लोड गरिएको वस र वस चालकलाई सोमवार नियन्त्रणमा लिएको छ।

इलामको महमाईबाट झापाको विर्तामोड जादै गरेको मे १ ख ३१६४ नम्बरको बसको पछाडी डिकीमा लुकाई छिपाई लादै गरेको चिरान सखुवा काठ १३ थानको १८ दशमलव शुन्य ३ क्युविक फिट काठ माई-४ को शुक्रवारे चेकपोष्टवाट नियन्त्रणमा लिइएको लोदिया प्रहरी चौकी दानावारीका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक कैलाश कुमार केशीले जानकारी दिनुभयो । नियन्त्रणमा लिएको काठ, वस,र चालकलाई सोमवारनै सव डिभिजम कार्यालय सुखानी बुझाईएको प्रहरीले जनाएको छ ।

लोदिया प्रहरी चौकी दानावारी र सुखानी वन डिभिजनको संयुक्त टोलीले नियमित चेकजाँच गर्नेक्रममा शंकालागी खोजतलास गर्दा लारुम्वा बाट महमाई विर्तामोड दमक चल्ने विराटेश्वर वसको ढिकीमा चिरान काठ फेला पारिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएको चिरानकाठ चार गुना छ गुना सात फुटको ८ थान र चार गुना नौ गुना सात फुटको ५ थान रहेको पाईएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here