सवारी दुर्घटनामा तीन जनाको मृत्यु

५ बैशाख २०८१, बुधबार मा प्रकाशित

बिराटनगर।

इलाम, ओखलढुंगा र उदयपुरको छुट्टा–छुट्टै स्थानमा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु छ ।

इलामको माङसेबुङ गाउँलिका–४ स्थित रबी–दमक सडक खण्डमा को ३७ प ९२८१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव २५ फिट तल खसेर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक भोजपुर खावाका ५७ बर्षीय महेशकुमार राई गम्भिर घाईते भई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उता ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ मा लु ३त ९९७४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल झर्दा दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका सिद्विचरण नगरपालिका–७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थलमा नै मृत्यु भएको थियो ।

घाईते ट्याक्टर चालक मोलुङ गाउँपालिका–२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भइरहेको छ ।

उता उदयपुरको उदयपुरगढी–७ स्थित मदन भण्डारी लोकमार्गमा ग १ ख ४७५३ नम्वरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना हुदाँ घाइते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका–६ का २८ बर्षीय सन्देश चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सवारी दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here