कोशी प्रदेशसभामा बैठक सुरु

0
8

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको हो । संकल्प प्रस्तावका प्रस्तावक रहेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले छलफलका लागि प्रदेशसभामा टेबुल गराएका थिए । उक्त प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरेका छन् ।

प्रदेशसभाको बैठकमा सत्ता पक्षमा भन्दा बिपक्षमा बस्ने साम्सदको संख्या दोब्बरभन्दा बढी छ । प्रदेशसभामा एमालेका ३९, माओवादीका १३, राप्रपाका ५ र जसपाको १ गरि ५८ सांसद विपक्षी बेञ्चमा बसेका छन् । आजको बैठक सुरु हुँदा बिपक्षका ६ साम्सद भने अनुपस्थित छन् ।

९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका २९ र नेकपा ९एकीकृत समाजवादी०का ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेञ्चमा बसेका छन् ।

प्रदेशसभाको आजको बैठकमा भने सत्तापक्षमा २४ जना सांसद मात्रै उपस्थित छन् । बिपक्षमा भने ५२ जनाको उपस्थिति छ । प्रदेशसभाको बैठकमा सत्ता पक्षका ९ र विपक्षका ६ सांसद अनुपस्थित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here