उत्पादनका आधारमा प्रोत्साहन अनुदान पाएपछि कृषक दंग

0
2

कमल ।

झापाको कमल गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकामा कृषि पेशामा संलग्न कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान वितरण गरेको गाउँपालिका कृषि विकास शाखाले जनाएको छ ।

कृषकलाई बजारमुखी एक समुह एक सामूहिक तरकारी उत्पादनका आधारमा प्रोत्साहन अनुदान प्रदान गरेको हो । जस अन्तर्गत ५ कठ्ठा सम्म खेती गर्ने किसानले प्रति कठ्ठा १ हजारका दरले ५ हजार र सो भन्दा बढी खेती गरेमा प्रति कठ्ठा एक हजार ५ सयका दरले किसानलाई चेक मार्फत भुक्तानी गरेको गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिए ।

कृषि विकास शाखा मार्फत किसानलाई घटीमा ५ हजार र बढीमा २४ हजार ५ सय रुपैयाँ सम्म प्रोत्साहन अनुदान प्रदान गरेको छ । गाउँपालिका ६६ जना कृषकलाई ४ लाख २७ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको शाखाका प्राविधिक प्रेम पोख्रेलले बताए ।

कृषकले उत्पादनका आधारमा पहिलो पटक यसरी रकम पाएको हो । आफूले गरेको मेहनतको मल्याङ्कन भएकोमा आफूलाई निकै खुशी लागेको र यस कार्यक्रमले कृषकलाई धेरै फाइदा हुने कृषक इन्द्रप्रसाद दाहाल बताउँछन् ।

गत आर्थिक वर्ष सम्म पालिका बाट कृषकले मल बिउ अनुदान पाउने गरेका थियौं तर यस आर्थिक वर्ष देखी चेक मार्फत रकम पाएका छौ यसले आफु जस्ता कृषकलाई धेरै सहज भएको कृषक सुभद्रा रिजालले बताईन् ।

गाउँपालिकाले कृषको उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण कार्यक्रम ल्याएपछि कृषकमा निकै उत्साह थपिएको छ । यसले व्यवसायीक कृषकलाई पालिका सँग जोड्ने माध्यम समेत बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here