इदको शुभकामना आदान प्रदान

७ बैशाख २०८१, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

नेपाल मुस्लिम संघ झापाको आयोजनामा इद पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कुरान वाचन मोहम्मद चौधरी मियाले गर्नु भएको थियो ।

नेपाल मुस्लिम संघ झापाका अध्यक्ष सफिउल्ला अन्सारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अताबुल मन्सुरी, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाली काङ्ग्रेस महासमिति सदस्य राधा सुब्बा, मुस्लिम एतिहाद संगठनका केन्द्रीय सचिव अफ्रोज खान, नेपाली कांग्रेस झापाका सदस्य सेलेतुन खातुन, विर्तामोड नगर सभापति भोजराज सिटौला, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष मेघराज बास्तोला, उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

ऐजाज अहमद अन्सारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन रेश्मा खातुनले गर्नुभएको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here