खुलाल बस्नेत बन्धु समाजको नयाँ नेतृत्व

६ बैशाख २०८१, बिहीबार मा प्रकाशित

कनकाई।

खुलाल बस्नेत बन्धु समाज, धनञ्जय आश्रम कोटीहवन व्यवस्थापन समितिको अध्यक्षमा भीमबहादुर बस्नेत चयन भएका छन्।

कनकाई-४, कोटीहवनमा सम्पन्न समितिको २३ वाषिक साधरणसभाले बस्नेतको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको हो।

११ सदस्यीय नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा योगेन्द्रबहादुर बस्नेत, सचिवमा ईश्वरीबहादुर बस्नेत र कोषाध्यक्षमा चन्द्रबहादुर बस्नेत चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा प्रदिप बस्नेत, अर्जुन बस्नेत, टंकबहादु बस्नेत, धनबहादुर बस्नेत, सुरेन् बस्नेत, उषा बस्नेत र मीना बस्नेत रहेको निर्वाचित समितिका संयोजक डेडराज बस्नेतले जानकारी दिए।

त्यसैगरी लक्ष्मणबहादुर बस्नेत संयोजक तथा पदमबहादुर बस्नेत, केशरबहादुर बस्नेत(राधेश्याम), ठाकुर बस्नेत, रुद्रबहादर बस्नेत,रणबहादुर बस्नेत र तुलाराम बस्नेत सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको छ।

समितिका अध्यक्ष लक्ष्मण बस्नेतको अध्यक्षता तथा मुख्य न्यायधिवक्ताको कार्यालय कोशी प्रदेशका उप-न्यायाधिवक्ता राजेन्द्रबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव तुलाराम बस्नेतले स्वागत गरेका थिए।

कार्यक्रममा बन्धु समाजका १०० वर्षभन्दा वढी उमेरका तीन जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा नैनामाया बस्नेत(१०७) राधादेवी बस्नेत र तिलमाया बस्नेत रहेका छन्।

यस अघि पुरोहित याम खनालको नेतृत्वमा रुद्री,चण्डीपाठसहित कुलपूजा अनुष्ठान सम्पन्न गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रबहादुर बस्नेत, गौरादह नपा -४ का वडाध्यक्ष दुर्गामणी बस्नेत, सञ्चारकर्मी रत्नबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए। अध्यक्ष लक्ष्मण बस्नेतले संस्थाको गतिविधि तथा तुलाराम बस्नेतले आयव्यय प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन भीमबहादुर बस्नेतले गरेका थिए।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here