झापाली चिप्स आफ्नै भवनमा

६ बैशाख २०८१, बिहीबार मा प्रकाशित

कमल ।

झापाको कमल गाउँपालिकामा सञ्चालनमा रहेको झापाली चिप्स उद्योग आफ्नै भवनमा सरेको छ ।

गाउँपालिकाको वडा नम्बर ६ मा विगत चार वर्षदेखि सञ्चालनमा रहेको उद्योग गत बैशाख ३ गते देखि आफ्नै भवनमा सरेको हो ।

स्थानीय स्तरमा उत्पादन भएको आलुलाई प्रशोधन गरि चिप्स उत्पादन गर्दै आएको चिप्स उद्योगले विशेष गरेर आफ्ना पालिकामा उत्पादन भएको आलुलाई पहिलो प्राथमिकतामा राखेर चिप्स उत्पादनमा प्रयोग गर्दै आएको झापाली चिप्स उद्योगका सञ्चालक रिजु कार्कीले जानकारी दिए ।

आफ्ना दौँतरीहरू वैदेशिक रोजगारीमा गएपनि आफूले देशमा नै केही गर्न सकिन्छ भनेर उद्योग सञ्चालन गरेको कार्की बताए । वहाँले आफूले सञ्चलन गरेको चिप्स उद्योगमा १० जना महिलालाई रोजगारी समेत दिएका छन् ।

वैदेशिक रोजगारीमा भएको भए आज कसैको निर्देशनमा काम गरिरहेको हुन्थे तर आज आफ्नै फ्याक्ट्रीमा १० जनालाई रोजगारी दिन सफल भएको छु भने आफू परिवारका साथ रमाएको कार्की बताउछन् ।

आफूले सञ्चालन गरेको उद्योग बाट उत्पादन भएको चिप्स पूर्वमा काँकडभिट्टा र पश्चिममा इटहरी सम्मको बजार ओगट्न सफल भएको र आगामी दिनमा अझ बजार बिस्तार गर्ने योजना समेत रहेको कार्कीले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here