पातञ्जल झापाद्वारा ३५ जना सहशिक्षकलाई दिक्षान्त

0
3

चारआली ।

पातञ्जल योग समिति नेपाल झापाको आयोजनामा एक महिने (९० घण्टे) योग सह–शिक्षक तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा ३५ जना साधक साधिकाहरु दिक्षान्त भएका थिए । झापा जिल्ला समितिका कार्यबाहक अध्यक्ष लोकनाथ गजुरेलको सभापतित्व एवम् केन्द्रिय उपाध्यक्ष केशव ताम्राकारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको औचित्य माथि प्रशिक्षण कार्यक्रम संयोजक एवम् जिल्ला सचिव टेकेन्द्र ढकालले स्पष्ट पारेका थिए।

कोषाध्यक्ष टीका सुबेदीको स्वागत गरेको कार्यक्रममा केन्द्रिय प्रशिक्षण विभागका सदस्य महेश लामिछाने,अनिता गुरागार्इ , सुस्मिता ताम्राकार, महेन्द्र भण्डारीले लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here