चिमरिया लायन्सको सेकेण्ड गभर्नर

0
8

झापा

लायन्स क्लवको डिस्ट्रिक ३२५ सीको सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लीला चिमरिया निर्वाचित भएका छन् ।

कनकाई नगरपालिका निवासी युवा व्यवसायी चिमरिया विराटनगरमा सम्पन्न निर्वाचनबाट सन् २०२४÷०२५ का लागि निर्वाचित भएका हुन् ।

१४७ मत प्राप्त गर्दै उनी अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी मोरङ उर्लावारीका कोमल शाक्यले ३९ मत प्राप्त गरेका थिए । मतदान कार्यक्रममा १८७ जनाले मतदान गरेका थिए भने १ मत बदर भएको थियो ।

सन् २००८ मा सुरुङ्गा जेसीजको स्थापना गरेका चिमरिया सहारा सर्पदंश उपचार केन्द्रका अध्यक्षसमेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here