नेम फाउन्डेसनबाट छात्रवृत्ति प्रदान

0
6

सुरुङ्गा ।

शैक्षिक एव सामाजिक क्षेत्रमा सहयोग गर्ने परोपकरी सेवाभावले झापा जिल्ला कनकाई नगरपालिका वडा नम्बर ४ मा स्थापित नारायणी मेमोरियल फाउण्डेसन (नेम फाउण्डेसन) ले झापाका विभिन्न सामुदायिक विद्यालयका ३८ विद्यार्थीलाई शैक्षिक सत्र २०८१ का लागि छात्रवृत्ति प्रदान गरेको छ ।

कनकाई – ४ स्थित जेष्ठ नागरिक भवनको सभाकक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका उपमेयर आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा पूर्वज तथा प्रियजनहरूको स्मृतिमा फाउन्डेसनका प्रमुख संरक्षक पदमादेवी पाठक र प्रमुख अतिथिबाट छात्रवृत्ति प्रदान गरिएको थियोे ।

फाउन्डेसनका अध्यक्ष वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८१ मा झापा जिल्लाका ९ जना, तेह्रथुमका ९ र ताप्लेजुङका २ जना गरी थप २० जना र गत वर्षका ५४ जना गरी हालसम्म ७४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियोे ।

शैक्षिक छात्रवृत्ति अन्तरगत झापाका २६ विद्यालयका ३५ जना विद्यार्थीलाई झोला १ थान, कापी १० थान ज्यामिति बक्स १ थान पेन्सिल बक्स १ थान, फाउन्डेसनको पात्रो र नगद रकम समेत प्रदान गरिएको थियोे ।

कार्यक्रममा जनता मा.वि शरणामतीका सहायक प्रधानाध्यापक टिकाप्रसाद जमरकटेल , महेन्द्र मा वि विर्तामोड का प्रअ जयकुमार झा , लालपानी मा. वि का प्रअ बालकृष्ण प्रसाई , आदर्श विद्यालय मा.वि का प्रअ नरहरि न्यौपाने, कन्काई मा वि का प्रअ कर्णबहादुर डाँगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन फाउन्डेसनका छात्रवृत्ति समितिका सचिव रामकुमार पाठकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here