प्रतिभाको खोजीको संयोजकमा प्रमेश

१५ बैशाख २०८१, शनिबार मा प्रकाशित

गणेश अर्याल, इलाम ।

सानै उमेर बाट गीत संंगीतमा लागेका प्रमेश राईले बिर्तामोडको सरगम सगीतालयमा संगीत अ्ध्ययन गरिरहेका छन् ।

कक्षा १२ अध्ययन पुरा गरेका प्रमेश हारमोनियम गीतार जस्ता बाध्ययन्त्रबाट संगीतको धुन निकाल्न सक्छन् । बुवा पूर्णबहादुर रार्इ र आमा रेनुका स्याङबो को पहिलो सन्तानको रुपमा २०६० सालमा इलमको रोङ गाउँपालिका–६ को सनसिटी भिलेजमा जन्मेका उनी अहिले रोङ गाउपालिकामा सञ्चालन हुन लागेको खोजी प्रतिभाको कार्यक्रममा कार्यक्रम संयोजकको रुपमा जिम्बेवारी पाएका हुन् ।

रोङ गाउँपालिका कार्यपालिकाको निर्णय अनुसार कार्यक्रम संयोजकसहित चार जनाको समिति गठन हुने छ । समितिले आर्थिक बर्षबाट रोङ गाउँपालिका भित्रका प्रतिभाहरुको प्रोत्साहनको लागि अडिसनहरु सञ्चालन गर्दै छ ।

गाउँपालिका भित्रका सम्भावना बोकेका प्रतिभाहरुलाई स्टेज उपलब्ध गराउने कार्यक्रम रहेको छ । लुकेर रहेको प्रतिभाहरुको खोजी गरी पालिका मार्फत प्रस्फुटन र प्रोत्साहन गर्ने योजना रहेको संयोजक राईले बताए ।

रोङ गाउँपालिकामा गीत संगीतका क्षेत्रमा लागेका र रुची राखेका धेरै छन् । अवसरको खोजीमा रहेकाहरुको लागि रोङ प्रतिभाको खोजी कार्यक्रम एउटा माध्यम हुने रोङबासीले बिश्वास लिएका छन् ।

यसैबीच रोङ प्रतिभाको खोजी कार्यक्रममा सहभागि हुने सबै प्रतिभाहरुले नजिकैको बिद्यालय तथा आफनो वडा कार्यलयमा सम्पर्क गर्न गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले अनुरोध गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here