भ्रष्टाचारको आरोप लागेका गुप्तालाई पदबाट हटाइयो

0
9

झापा । भ्रष्टाचारको आरोप लागेसँंगै डिल्लीराज माध्यमिक विद्यालय झापाका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई पदबाट हटाइएको छ ।
गुप्तालाई प्रधानाध्यापकबाट हटाएसँंगै सहायक प्रअ गोपिकृष्ण पराजुलीलाई नियुक्त गरेको छ । झापा गाउँपालिकाले शिक्षा क्षेत्रलाई भ्रष्टाचार रहित बनाउने भन्दै झापा गाउँपालिका–४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयका गुप्तालाई पदवाट हटाइएको हो ।
प्रअ गुप्ताका विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डिल्लीराज माविका विषयमा १६ बुँदे उजुरी परेका छन् । जसमा २०७६÷०७७ पछि वीरेन्द्रप्रसाद गुप्ता प्रधानध्यापकसंगै विद्यालयमा अनियमितता मौलाएको उजुरीमा उल्लेख छ ।
बाल बिकास शिक्षकका रुपमा विद्यालयमै कार्यरत प्रअ गुप्ताकी पत्नी ज्योति कुमारी गुप्ता विद्यालयमा अनुपस्थित भएको दिनमा पनि स्वयम् प्रधानाध्यापकले किर्ते हस्ताक्षर गरी हाजिरी गरेर पदीय दुरुपयोग गरेको , बजार मूल्य भन्दा बढी मूल्यको बिल भौचर तयार पारी विद्यालयमा विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि भनि खरिद गरिएका कमसल स्तरका डेक्स,बेन्च,पंखा,पोडियम,इन्टरएक्टिभ बोर्ड,प्रोजेक्टर,स्मार्टबोर्ड,सिसिटिभी, क्यामेरा,टेबल,कार्पेट,सोफा,सेनिटाइजर,फिल्टर,ट्वाइलेटका सामानमा अनावश्यक रुपमा भ्रष्टाचार गरेको उनी विरुद्ध अख्तियारमा उजुरी छ । प्रधानाध्यापक गुप्ताले विद्यालयका सबै गतिविधिमा अनियमितता गरेको आरोप उजुरीमा उल्लेख छ ।
विद्यालयको भ्रष्टाचारका विषयमा स्थानीयवासी सर्वदलीय दबाब बढेपछि गाउँपालिकाले भ्रष्टाचारको आरोप लागेका गुप्तालाई पदबाट हटाएको गाउँपालिकाकी कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् । हरेक क्षेत्रमा भ्रष्टाचार रहित सुशासन हाम्रो अभियान हो” थपलियाले भनिन् – हामीले गुप्तालाई पदबाट हटाएर पराजुलीलाई निमित्त प्रअमा नियुक्ति गरेका छौ, गुप्ता अब शिक्षक मात्र हो प्रअ होइन ।
यस अघि पनि अर्जुनधारामा रहेको लक्ष्मी माध्यमिक विद्यालमा समेत उनले भ्रष्टाचारको मुद्धा खेपेका थिए । तर, पछि उनले उक्त मुद्धामा सफाई पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here