नगर प्रमुखद्वारा यलम्बरको मूर्ति अनावरण

0
5

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे–१ मा यलम्बरको मूर्ति नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनावरण गर्नु भएको छ।

नगरप्रमुख तुम्बापोले सोमबार नगरपालिकाको ९ लाख ९४ हजारको बजेटबाट निर्माण भएको ढलोट (तामा र पित्तल)को मूर्ति अनावरण गर्नुभएको हो ।

किराँत सभ्यताका राजा यलम्बरको साढे ५ फिट अग्लो मूर्ति बनाईएको छ। यसअघि संघीय सरकारबाट १४ लाख १० हजार, स्थानीयबाट १ लाख ८ हजार ५५९ बजेटबाट मूर्ति राख्ने बेस निर्माण भएको थियो । मूर्ति राख्ने बेस निर्माण महेन्द्र राईको अध्यक्षतामा निर्माण समितिले गरेको थियो । मूर्ति निर्माण संयोजन भने सन्तोष गुरुङ, कर्ण नेम्वाङ, जोन सुब्बा लगायतका समितिले गरेका थिए ।

यलम्बरको मूर्ति अनावरण कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, वडा नं. १ का वडाध्यक्ष भीम राई, किराँत राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु सुरेश कार्की, पूर्ण कार्की, बसन्ती गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here