अन्तिम क्वाटर फाइनलमा आज रेड हर्ष इलाम र बेलबारी एफसी मोरङ भिड्दै

१८ बैशाख २०८१, मंगलवार मा प्रकाशित

बुद्धशान्ति,

बुद्वशान्ति । झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा आज मंगलबार रेड हर्ष इलाम र बेलबारी एफसी मोरङ भिड्दै छन् ।

यसअघि भएको खेलबाट आयोजक आदर्श युवा क्लब, बिर्तामोड युनाइटेड एफसी र पाहुना टोलि भारतको माने भञ्ज्याङ् एफसीले सेमिफाइनलमा आफ्नो स्थान सुरकक्षित गरिसकेका छ्न ।

आयोजक आदर्शले ध्रुुबतारा स्पोर्टिङ क्लब दमकलाई २–१ गोलले, बिर्तामोड युनाइटेडले नर्थ बेङ्गोल भारतलाई ३/१ ले र माने भञ्ज्याङ् भारतले धरान एफसिलाई ५/१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ । खेल बुद्ध आदर्श माबिको खेल मैदानमा दिउँसो ३:३० बजे हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने खेल आयोजक समितिका संयोजक मनेष दहालले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here