हात्तीपाइले औषधि सेवन त्रास, भ्रम र यथार्थ

२० बैशाख २०८१, बिहीबार मा प्रकाशित

मुनाल टोल विकास संस्थाका संयोजक देवी बाँस्तोलाले बिहानै फोन गरेर भन्नुभयो– ‘आज कतै नजानु है हाम्रो टोलमा नगरपालिकाको स्वस्थ्यकर्मी टोली आउँदैछ रे एकछिन सबै भेला हौ है’ मैले किन र भन्न नपाउँदै टोलको सामाजिक सञ्जाल समूहमा टोलबासीलाई खगेन्द्र सरको घर अगाडि भेला हुन र हात्तीपाइलेको औषधि सेवन आह्वानसहितको सूचना सचिव झलकले पोष्ट गरी हाल्नुभयो ।

यस पटक स्थानीय तहक पालिका, स्वास्थ्य शाखा, वडा अनि समुदायका टोल–टोल यसरी नै पहिलेभन्दा व्यवस्थित र सक्रिय भएर खटेको स्पष्ट देखिन्छ । स्वास्थ्य शाखा, जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु ‘फैलेरियासिस् मेडिसिन डिस्ट्र्युब्युसन र मोनिटरीङ प्रोग्राम’मा कुनै न कुनै रुपमा मजदुर दिवसको बिदा पनि नभनि सक्रिय रहेको देखिन्छ । विगतमा भन्दा औषधि सेवन अभियानमा यो पटक तालिम प्राप्त स्वास्थ्यकर्मीहरु समुदाय र टोल–टोलमा जोडिएका छन् ।

‘लगातार छ वर्षसम्म दुई प्रकारका औषधिहरुको मिश्रित सेवनले आन्द्रामा भएका जुका त मार्छ नै हात्तीपाइलेको परजिविलाई समेत नष्ट गरी रोगको रोकथाम गर्छ’ बिर्तामोड नगर स्वास्थ्य शाखाका दीपक सापकोटा छोटकरी बताउनु हुन्छ । जिल्लाका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु औषधि लिएर हाम्रो गाउँ, टोल, चोक–चोक र विद्यालयहरु मा समेत सक्रिय देखिएका रहने छन् । व्यस्तताका बीच सम्पर्कमा आएका अर्का स्वास्थ्यकर्मी एवम् बिर्तामोड स्वास्थ्य शाखा प्रमुख राजीव कृष्ण बिष्ट छ्यास बोल्न भ्याउनुभयो– ‘बुथ सञ्चालन साथै अन्य दिन सबै घरपरिवार समेट्ने गरी आगनमा नै पुगेर सेवा दिने गरी यो कार्यक्रम हरेक बर्ष झै सफल बनाइने छ ।’

नेपालका प्रभावित जिल्लालाई हात्तीपाइले रोगमुक्त गर्ने विश्व स्वास्थ्य संगठन र नेपालको लक्ष्य यिनै स्वास्थ्यकर्मीहरुको लगाव र मेहनतले पूरा गर्नेछ भने विश्व स्वास्थ्य संगठनको गाइडलाइन र उसले उपलब्ध गराएको दक्ष जनशक्ति र तालिमको सदुपयोगले अनि सबै स्थानीय तह मातहतका टोल संयोजकहरुले सहयोग गरिरहेका छन् ।

यो रोगको औषधि खान नहुने अवस्थामा :

सात दिनका सुत्केरी, दुई बर्ष मुनिका बालबालिकाहरु, ओछ्यान नै लागेका बिरामी, समस्या ग्रस्त ७० बर्ष माथिका ज्येष्ठ नागरिक, किड्नी रोग तथा जटिलतामा रहेका बिरामी, जटिलतामा रहेकी गर्भवती बाहेकले अनिवार्य तालिम प्राप्त स्वास्थ्यकर्मीबाट यो औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मी सापकोटाले बताउनुभयो । मलाई त डर लागेर पोहोर साल त खाइन्, यसपाली पनि खादिन होला भन्नेहरुले औषधि खानेलाई हतोत्साहित गर्ने गरेको पाइन्छ । जुन रोगको बारेमा जानकार नभएर पनि यसलाई बे–वास्ता गरिएको जस्तो बुझिन्छ ।

के हो त हात्तीपाइले रोग ?

यो लामखुट्टेको टोकाइबाट स्वस्थ व्यक्तिमा लाग्ने र कष्टप्रद अवस्थामा व्यक्तिलाई पु¥याउन सक्ने रोग हो । यसका बयस्क परजिविहरु संक्रमित व्यक्तिको शरीरको लसिका प्रणालीमा बगिरहेका हुन्छन् र रातको समयमा भने यसका शिशुहरु ( माईक्रो फेलिरियाहरु) हाम्रो रगत प्रवाहमा जाने गर्दछ । जसलाई लामखुट्टेले टोक्दा ती परजिविहरु रगतसँगै आफूले ग्रहण गर्दछन र स्वस्थ व्यक्तिलाई टोक्दा सार्ने गर्दछन् । त्यसैले भनिन्छ रातको समयमा रगत लिएर परीक्षण गर्नु नै हात्तीपाइलेका परजिवि यकिन गर्ने उपायमा पर्दछ ।

यसले विशेष लशिका प्रणालिमा असर गरि लक्षणहरु देखाउने भएकाले यसलाई लिम्फ्याटिक फैलेरिया भन्ने गरिन्छ । यसमा खुट्टाको तल्लो भाग वरिपरि सुन्निँदै ठूलो भएर हात्तिको खुट्टा जस्तो हुने भएकोले र पाइँला गोलो र ठूलो हुने भएकोले हात्तीपाइले भनिएको हो । रोग जताततै नदेखिने र प्रारम्भिक चरणमा लक्षणहरु नदेखिने हुँदा रोग लाग्यो भन्ने थाहा पाउँदा र लक्षणहरु देखापरिसक्दा भने जीवन निकै कष्टप्रद बन्ने हुन्छ । यो रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु चाहिँ बुद्धिमानी मानिन्छ । त्यसकारण यो पटकको सरकारी अभियानमा सबैको सहभागिता अनिबार्य छ ।

कस्तो हुन्छ यसको परजिवि ?

यो उच्चेरेरिया ब्यानक्रफ्टटी नामक परजिविले गर्दा यो रोग लाग्ने हुन्छ । यो निक्कै सानो धागोको त्यान्द्रा जस्तो देखिने हुन्छ । दिनभर लसिका (थिmउज)मा र राति यसका माईक्रो युनिटहरु रगतमा प्रवाह हुने चरित्रका हुन्छन् । जसलाई लाखट्टेले चुसेर लिन सक्दछ ।

के–कस्ता देखिन्छन् लक्षण तथा चिन्हहरु ?

– महिलाहरुमा स्तनको आकार ठूलो हुने हुन सक्छ ।
– संक्रमण बढेमा ज्वरो आउने हुन्छ अथवा आए जस्तो लाग्छ ।
– शरीरका बिभिन्न भागहरुमा हात गोडा जोर्नीहरुमा गिर्खा साना–साना गांठाहरु महशुस हुन्छ ।
– छालामा निलो डाम देखिन सक्छ ।
– संक्रमण फैलिएमा केटाहरुमा अण्डकोष सुनिने अथवा अन्डकोषमा पानी जम्मा हुने गर्दछ ।
– यौनाङ्गहरु सुन्निने तथा वरिपरिका ग्रन्थिहरु मा संक्रमण देखिन सक्छ ।
– रोग पुरानो र जटिल बन्दै गएमा गोडाको तल्लो भाग सुन्निने या फुलिने गर्दछ ।
– बिरामीको पिसाबबाट सेतो बाक्लो सेतो पदार्थ जान सक्छ ।
(औषधि सेवनले शरीरमा परजिवि भएकाहरुलाई सामान्य वाकवाकी लाग्ने, रिंगटा लाग्ने जस्ता समान्यप्रति असर देखिए पनि यसलाई सकारात्मक रुपमा लिनु पर्दछ र तपाइ हामी सबै मिलेर अरुलाई पनि हौसला साथ औषधि खान प्रेरित गर्नु पर्दछ ।)

हात्तीपाइलेको रोकथाम र नियन्त्रण कसरी गर्ने ?

– हात्तीपाइलेको रोकथाम र नियन्त्रणको सबैभन्दा पहिलो उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु हो ।
– राति सुत्दा, गाई गोठ–पशुपंक्षीका खोरसम्म जाँदा पूरा शरीर कपडाले ढाकेमा आफू सुरक्षित रहिन्छ ।
– बालबालिकाहरुलाई खेल्न पठाउँदा र साझ बिहान आफू बाहिर निस्कँदा पूरा बाहुला कपडा लगाउने गर्नु पर्दछ ।
– घर वरिपरिका पानी जम्न सक्ने खाल्डाखुल्डी पुर्ने तथा झाडी झाङ सफा गर्ने ।
– माछा पोखरीमा लामखुट्टेको लार्भा खाने खालका माछा पाल्ने ।
– घरका झ्याल ढोका भेन्टिलेसनमा जाली प्रयोग गर्ने
– यही फागुन ११ गतेबाट हुने हात्तीपाइले रोगबिरुद्धको औषधि नडराइकन तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सेवन गर्ने र औषधि प्रयोग सम्बन्धी छरछिमेक साथीभाइलाई सही सूचना प्रवाह गर्ने ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here