बुद्धशान्ति ।
झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् ।
यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५÷४ ले र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २/० ले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख, तथा उपविजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका सचिव दुर्योधन सिंह देवले बताए ।
उनका अनुसार प्रतियोगिताको उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
वैशाख १५ गतेदेखि जारी प्रतियोगितामा भारतका दुुईसहित ८ टीमको सहभागिता रहेको थियो । त्यसैगरी, फाइनल खेलको अवसरमा नेपाली राष्ट्रिय महिला टीमका कप्तान एन्जिला तुम्बापो सुब्बालाई सम्मान गरिने प्रतियोगिता आयोजक समितिका संयोजक मनेष दाहालले जानकारी दिए ।