हात्तीपाइले विरुद्धको औषधि खाँदा …

0
9

झापा ।

झापामा हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि एक जना वृद्धाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका –१ की ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधि सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियो ।

बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने हात्तीपाइले विरुद्धको औषधि सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको जनाएको छ ।

उक्त घटना बाहिरिएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीको सहितको टिम अनुसन्धान गर्न झापा आएको बताइएको छ । स्वास्थ्य मन्त्रालयले गत आइतबार झापासहित ७ वटा जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउन शुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here