चतरामा तेस्रो पूर्ण महाकुम्भ

२५ बैशाख २०८१, मंगलवार मा प्रकाशित

नेपाल र नेपालीको गौरव ‘कुम्भस्नान’ ! बाह्र वर्षमा एक पटक एक महिना सञ्चालन हुने बराहक्षेत्र पिण्डेश्वर पूर्ण कुम्भस्नान ‘महास्नान र सन्तसमागम’ अवसर, चतरा कुम्भनगरीको विशाल पण्डालमा गत चैत्र २७ गते नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन भएको छ । पौराणिक मान्यता अनुसार समुन्द्रमन्थनबाट प्रकट भएको अमृतूघडालाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तले कागको रुप लिएर आफ्नो चुच्चाले समातेर आकाशमार्ग हुँदै दक्षिणतिर उडे । यसैक्रममा घडा हल्लिएर हरिद्वार, प्रयाग, उज्जैन र नासिकमा एक–एक थोपा झ¥यो, एकै थोपा झरेकै भरमा ती स्थानहरुमा कुम्भस्नानको थालनी भयो । भारतका केन्द्र सरकार र राज्य सरकारहरु एक वर्ष अघिदेखि नै करोडौंको खर्चको व्यवस्थापन तर्पm लाग्छन् र कुम्भ सफल बनाउँछन् ।

जयन्तलाई देवताहरुले लखेट्न थालेकाले हिमालयको फेदीमा अमृतघडालाई हतपत राखेर स्वर्गलोकतिर भागे । त्यसपछि देवता र दानवहरुमा कसले पहिले खाने भन्ने विषयलाई समाधान गर्न भगवान श्रीनारायणले मोहिनीरुप धारण गरी अमृतूघडालाई हातमा लिएर देवता र दानवहरुलाई कौशिकी नदीतटमा पंक्तिबद्ध गराई बाँड्न खोज्दा घडामा अमृतको बाक्लो तर लागेको देखेर रुद्राक्ष वनको नजिकै वसन्तऋतु चैत्र महिना शुक्ल पक्षको प्रतिपदा तिथिमा अमृतको डल्लो पिण्डलाई पिण्डेश्वर महादेवको नामबाट स्थापना गरी, बाँकी अमृत सबैलाई बाँडेर प्राचीनको हरिद्वार, वर्तमानको चतरा धाममा चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा तिथि, यस बर्ष २०८० साल चैत्र २७ गते परेको छ यही दिनबाट एक महिनासम्म सधैँ कौशिकी स्नान गर्दै अमृतपिण्ड महोत्सव गर्नुभयो । यसरी अनादिकालमा भगवान श्रीविष्णुबाट कुम्भको थालनी भएको विभिन्न ग्रन्थहरुमा रहेको बिषय परमादरणीय वालसन्त महाराजश्रीबाट उल्लेख भएको छ ।

नेपालको सुनसरीस्थित चतराधाम नै प्राचीन हरिद्वार भएको तथ्यलाई २५ वर्षको उमेरमै देश–विदेशका अनेकौं धर्माचार्यहरुसँग बृहद्शास्त्रास्त्र गरी सिद्ध गरेर सबैको समर्थन जुटाएर अनन्तश्री विभुषित बालसन्त मोहनशरण देवाचार्य माहाराजश्रीले विश्वको पाँचांै कुम्भ स्थलका रुपबाट चतराधाममा २०५९ साल बैशाख १ गतेबाट ज्येष्ठ १ सम्म प्रथम पिण्डेवर कुम्भ महोत्सव सञ्चालन गराउनुभयो । भारतबाट विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय अध्यक्ष अशोक सिंघल, काँशी सुमेरुपीठका जगद्गुरु शंकराचार्य नरेन्द्रानन्द सरस्वतीसहित हजारौं भारतीय सन्तहरुको आगमन भयो । वाराणसीबाट काशी पण्डितसभाका महामंत्री डा. विनोद राव पाठकज्यूको नेतृत्वमा २१ विद्वानहरुको टोली कुम्भप्रति अपार समर्थन जनाउँदै कुम्भमा उपस्थित भयो ।

बालसन्तको यस प्रकारको अद्भूत कार्य क्षमताको सम्मान गर्दै, सयौं वर्षको इतिहास सम्हालेको ‘काँशी विद्धत परिषद’ले ‘२०६७ बैशाख १’ गते ‘जगद्गुरु पद्वी’बाट विभूषित ग¥यो । जगद्गुरुको ओहोदासँगै वैदिक सनातन धर्मरक्षाको जिम्मेवारी समेत जगद्गुरु माहाराजश्रीको काँधमा थमाइ दियो, जुन समस्त हामी नेपालीको गौरवको विषय थियो । नेपाल सरकारका तर्पmबाट तात्कालीन सस्ंकृति पर्यटन तथा नागरिक उययनमन्त्री मिनेन्द्र रिजालसहितको टोलीले काठमाडौं ल्याएर नेपालका ऐतिहासिक प्रथम जगद्गुरु सम्मानसहित पशुपतिनेरको वनकालीमा अनुष्ठानको आयोजना ग¥यो, जसलाई अपार जनसमुदायले रुचाएको थियो ।

तेस्रो अमृतकुम्भ महोत्सव कार्यक्रमको सञ्चालन पं. सुनिल भट्टराई र धामका महासचिव प्रल्हाद भट्टराईबाट र स्वागत मन्तव्य बराहक्षेत्र नगरपालिका मेयर रमेश कार्कीबाट भएको छ । नगेन्द्रप्रसाद रिजालका पारिवारिक सदस्य र भोजनप्रसाद सहयोग टीम पक्षधरबाट ईन्दिरा रिजालले आफ्नो धारणा राख्नुभयो, प्रदेश १ का मुख्यमन्त्री एकराज कार्कीले महाराजश्रीलाई कुम्भको थालनीबाट यो क्षेत्र सास्ंकृतिक र पर्या–पर्यटकीय गन्तव्य हुँदै बजार विस्तारबाट आर्थिक गतिबिधिमा अतुलनीय सुधार भएकोले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अन्त्यमा सम्माननीय राष्ट्रपतिबाट कुम्भ महोत्सव राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै आगामी दिनहरुमा अझ व्यवस्थित गर्दै अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कुम्भ महोत्सवका अध्यक्षको नाताबाट जगद्गुरु महाराजश्रीबाट सम्माननीय राष्ट्रपतिसहित सम्पूर्ण मान्यजनहरुलाई सम्मान र धन्यवादसहित सभाको अन्त्य गर्नुभएको थियो । कार्यक्रममा सरकारका तर्पmबाट प्रधानमन्त्री कार्यालय सचिव तथा कुम्भसंयोजक अर्जुन पोख्रेल, मन्त्रीहरु र पूर्व मन्त्रीहरु, सांसदहरु, नेपाली सेना प्रमुख प्रभुराम शर्मा, पूर्वाञ्चल प्रहरी प्रमुख डिआईजी चन्द्रकुवेर थापा, छिमेकी मेयरहरु, गाउँपालिका अध्यक्षहरु, सांसदहरु लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कुम्भ महोत्सवहरु ः नेपालमा प्रथम पटक पूर्ण महाकुम्भ महोत्सव (२०५९)को नामबाट २०५९ साल बैशाख १ गतेदेखि ज्येष्ठ १ गतेसम्म भव्यरुपले सम्पन्न भएको थियो । २०६३ साल चैत्र ६ गतेदेखि २०६४ बैशाख ८ गतेसम्म चतराधाममा पहिलो पटक अर्ध कुम्भ मेला सम्पन्न भएको थियो । २०७० चैत्र शुक्लपक्ष प्रतिपदा तिथि चैत्र १७ गतेदेखि २०७१ बैशाख १९ गतेसम्म दोस्रो पिण्डेश्वर पूर्ण कुम्भ मेला सम्पन्न भयो । २०७५ साल चैत्र २३ गतेदेखि २०६४ बैशाख २५ गते अक्षय तृतियाको दिनसम्म चतराधाममा दोस्रो अर्धकुम्भ मेला सम्पन्न भएको थियो ।

हाल २०८० साल चैत्र शुक्लपक्ष प्रतिपदा तिथि चैत्र २७ गतेबाट २०८१ बैशाख २८ गतेसम्म तेस्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेला हुँदैछ । कुम्भस्नानका महत्वहरुको ब्याख्या गरेर नसकिए पनि महत्वपूर्ण कारण शरीर शुद्धी नै हो, जसको महत्व नुहाउनुमा छ । विभिन्न पुराणहरु र ग्रन्थहरुमा उल्लेख भए अनुसार भगवान ब्रम्हा, विष्णु, ईन्द्र र मनु महाराजले जलमा स्नान गर्नुभएको बिषय आउँछ, जसलाई महास्नान मानिएको छ । कुम्भ–महास्नानमा तीन वटा स्नानलाई विशेष महत्व दिइएको छ ।

१. जुन दिन भगवान श्रीनारायण(विष्णु)ले नुहाउनु भयो,
२. जुन दिन श्रृष्टिकर्ता ब्रम्हाजीले नुहाउनुभयो, अनि
३. जुन दिन स्वर्गका राजा ईन्द्रले नुहाउनुभयो ।

चतराधाम प्राचीन हरिद्वार भएको तथ्यहरु फेला नपर्दा, खोजी हुन नसक्दा अन्यौल रहिरहेको थियो । परमादरणीय जगद्गुरु बालसन्त महाराजश्रीको अथक प्रयासबाट श्रीमद् स्कन्द महापुराणको हिमाद्रिखण्ड लगायतका ग्रन्थहरुका पाना–पाना पल्टाएर खोजेर सकेसम्मका तथ्यहरु पत्ता लगाउनाले हामी अमृत महाकुम्भको पवित्रतालाई आत्मसात् गर्न सफल भएका हौं । अब हामीले कुम्भस्नानका लागि विदेश दौडीरहनु परेन, चतरा आफ्नै घरआगन हो यहाँ भाषा, व्यवहार बोलीचाली सबै मिल्छ । महान सन्त व्यक्तित्व उहाँले अनेकौं ग्रन्थहरुबाट खोजेर हामीलाई बाटो देखाइ सक्नुभएको छ ।

अझ सधैँ जगद्गुरु महाराजश्रीले जिम्मा लिइरहनु, कुम्भका लागि भनेर दौडीरहनु यो पीडा महान सन्तलाई दिइरहनु हुँदैन । यो कुम्भ सञ्चालनको दायित्व अब राज्यले लिनुपर्छ, कुम्भको सम्पूर्ण दायित्व ग्रहण गर्नुपर्छ, यो राज्यको कत्र्तव्य र जिम्मेवारी पनि हो । कुम्भ हामी सारा नेपालीको पौराणीक, सास्ंकृतिक र पर्यटकीय सम्पत्ती हो । अमृत महाकुम्भ लगायतका राष्ट्रिय पर्वमा सरकारले निम्तादिएको खण्डमा परमादरणीय जगद्गुरु महाराजश्री पाहुनाको रुपमा उपस्थित हुन सक्नुहुन्छ र प्राप्त जिम्मेवारी निर्वाह गर्नुहुन्छ यो प्रतिबद्धता महाराजश्रीबाट जाहेर भइसकेको पनि छ ।

नेपालका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीका अनुसार लोक–कल्याण गर्ने पालन गर्ने कौशीकी माताको महिमा अनन्त छ । यस धर्तीका पूर्वज र ऋषि–मुनीहरुले तप–आराधना र स्याहार–सम्भार गरेको यस्तो पवित्र पावनभूमि विश्वमा अन्यत्र कहीँ छैन । ऋण काडेर तिर्थयात्राको लागि बिदेश दौडेर गरिने स्नान र दर्शनहरु भन्दा आफ्नै मुलुकमा अविरल बगिरहने हिमवत स्वच्छ र पवित्र नदीहरुमा गरिने स्नानहरु र आफ्नै मुलुकमा रहेका हीमतालहरु, हीमपोखरीहरु, बाह्रज्योतिर्लिङ्गहरु सहित अनेकौं मठमन्दिरहरुको दर्शनले नै मनग्यै पुण्यार्जन हुन्छ, सन्तुष्टी हुन्छ, वैकुण्ठ प्राप्ति हुन्छ । यससँगै आन्तरिक पर्यापर्यटनको अभिवृद्धि र विकास हुन्छ, हाम्रो आर्थिक गतिविधिमा सुधार हुँन्छ, सांस्कृतिक सम्पदाहरुको महत्वमा अभिवृद्धि हुन्छ । जयश्री राधे !

(ढकाल जगद्गुरु जन्मस्थल संरक्षण तथा पूर्वीयदर्शन अध्ययन केन्द्रका सचिव समेत हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here