अर्जुनधारामा चट्याङ लागेर एक जनाको मृत्यु

0
8

झापा ।

झापाको अर्जुनधारामा पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ चौरासे निवासी अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

घर नजिकै मकैबारीमा मल लगाउँदै गरेको अवस्थामा चट्याङ पर्दा दुलालको छाती तथा पेटको भागमा लागेको थियो । घाइते भएको उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको डीएसपी चन्दले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here