आमा

0
3

आमालाई सन्तान
भारी हुँदैनन् कहिले पनि
तर आजकल
सन्तानलाई आमा
भारीहुनथाल्या छन् ।

तर मेरा लागि
आमा!
तिमीदयाको सागर
माया,ममता,करुणा,
स्नेह,प्रेम र प्रेरणा
आत्मीयताकोखानी
दिब्यज्ञानीहौ
सद्भाव र समर्पणहौ
तिमीमानहौ शानहौ
जीवनदानहौ
तिमी छौ र त जीवन छ
यो जीवन नै तिम्रो आयोजनाहो
तिम्रो कल्पनाहो, सिर्जनाहो ।

तिम्रै रक्तपिण्डकोउपहार
तिम्रै प्यार र स्याहारकोउपज
त्यसैले तजीवन हराभरा छ
तिम्रो प्रेमको लगानीकतिहोला
तिम्रो स्नेहको ब्याजकतिहोला
तिम्रो ममताको हिसाव
जर्नल भौचरमा कसरी भर्ने होला
यो देहसिञ्चित छ तिम्रो दुग्ध–धारा
कसोरी तिरुँला यो अभिभारा
बनुँलाआमा म तिम्रै सहारा ।

तिमी पाठशाला हौ, ज्ञानचक्षु हौ
तिमीब्रह्मा, विष्णु, महेश्वर हौ
देवि, लक्ष्मी, सरस्वतीतिमीहौ
तिमी साक्षात्भगवानहौ
तिमीअन्धकारकीज्योतीहौ
तिमीश्रद्धा हौ, भक्तिहौ
तिमीमहानहौ, अनमोल रत्नहौ
श्रृष्टिकै सुन्दर फूलहौ
आफैं श्रृष्टिकर्ता मूलहौ ।

तिमीमा घृणा, द्धेषको जालो छैन
कुण्ठा र आशा छैन,अपेक्षा छैन
सन्तानको खुसीको लागि,
आफ्नो दुखमापर्दा लगाउँछ्यौ
र आफ्नो सुखको बली चढाउँछ्यौ
दर्दमा प्रेमको मल्हम लगाउँछ्यौ
स्नेहको अँगालोमा सुताउँछ्यौ
आफू चिसो भुँईमासुत्छ्यौ
अनिआफ्नै फरियागुथाएर
न्यानो थाङ्नामा सुताउँछ्यौ
पटुका कसेर भोक दबाउँछ्यौ
र नानीको पेटभर्दछ्यौ
भन्छ्यौ को–खाई, को–खाई
खुवाउँछ्यौ फकाई–फकाई ।

तिम्रो काखमा टाउको राख्दा
सारा थकानमेटाउँछु
तिम्रै काखमानिदाउँदा
टन्टा–चिन्ताभुल्दछु
देवता छन् यदिकोहि
भने यस ब्रह्माण्डमा
घरकै मन्दिरमाखोज्दछु
आमा र भगवानमा रोज्नु परे
आफ्नै आमा रोज्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here