आमा

0
4

लुकाएर खुशी आफ्ना सन्तान्लाइ खुवाउने
सबै सामर्थ्य लाएर सबल् सक्षम् बनाउने ।

सारा सस्कार दिएर जग चिन्न सिकाउने
आमा हुन धरती जस्ती जगतै झल्मलाउने ।

सृष्टिको प्यारो शब्द हो “आमा” वात्सल्य प्रेमको
प्रशंसा गरी सकिन्न “आमा” हार्दिक्य भावको ।

“आमा” छ्न र त सृष्टि त्यो चलिरन्छ निरन्तर
“आमा” बिनाको आकाश-धरती अन्धकार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here