कमल गाउँपालिकामा किशोरीलाई आत्मरक्षा तालिम

0
5

कमल ।

झापाको कमल गाउँपालिकामा किशोरीहरुकालागि आत्मरक्षा तालिम सञ्चालन भइरहेको छ ।

गाउँपालिकाको सातवटै वडाका विद्ययालयमा अध्यायनरत किशोरीहरुलाई लक्षित गरेर आत्मरक्षा तालिम सञ्चालन गरेको महिला तथा वालवालिका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिईन् ।

तालिममा प्रत्येक वडाका ३५ जना किशोरीलाई तालिम प्रदान गरिने महिला तथा वालवालिका शाखाले जनाएको छ । तालिम सञ्चालन गर्ने क्रममा वडा नम्वर २,३,४र ५ सम्पन्न भइसकेको र बाँकी वडामा क्रमश सञ्चालन गर्दै जाने प्रमुख कार्कीले बताइन् ।

तालिमा सहभागी किशोरीलाई सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालयका खटिएका मिना कठेत लगायतको टिमले प्रशिक्षण दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here