हिजोका दलनमलन र आजका अलखनन्दन

0
35

मानिसलाई समाजमा बस्नका लागि प्रेरित गर्ने मुख्य तत्त्व भनेको प्रकृति हो । यसपछि मानिसभित्रका आवश्यकता नै हुन् । समाजमा विभिन्न जातजाति, भाषाभाषी जस्ता समुदायमा आधारित मानिसहरुको बसोबास रहेको हुन्छ । समाजमा मानव मानवका बीचमा संघर्ष हुन्छ । झैं–झगडा तथा मुद्दा–मामिला हुन्छ । परोपकार तथा उपकार । आपसमा लेनदेन तथा सापटीको कारोबार हुन्छ । विचार आदानप्रदान हुन्छ । जन्म, मृत्यु, वैवाहिक आदि जस्ता संस्कार हुन्छ । भेला, सभा, संघ, संगठन आदि हुन्छ । समग्रमा भन्नुपर्दा समाजमा दैनिक रुपमा आउने मानवीय व्यवहार सम्बन्धित बिभिन्न प्रकारका सामाजिक घटना तथा परिघटना र क्रियाकलाप हुन्छन् ।

अलखनन्दन आफू एउटा फकिर हो । योगी, साधु तथा सन्त हो । ऊ प्रत्येक घर–घरमा घुमेर अलखनन्दन भन्दै आफ्नो जीविकोपार्ज गरिरहेको हुन्छ । फकिर भएता पनि उसलाई समाजको अवश्यकता पर्दछ । समाजभित्र बस्नका लागि उसलाई पनि एकातर्फ प्रकृतिले प्रेरित गर्छ भने अर्कोतर्फ ऊ भित्रका आवश्यकताले पनि प्रेरित गरेको हुन सक्छ । त्यसअर्थमा उसले पनि कुनै एउटा समाजको आड लिनु थियो । समाजमा आड लिने क्रममा सीमा तथा सम्भावना बसेको समाज नै उसको रोजाइमा परेको थियो । सीमा र सम्भावना भनेका दलित र दलनको प्रभावबाट पीडित भएका आमाछोरी हुन् । दलित भएकै कारणले छोरीलाई बाबुको पहिचान दिन सीमाले अदालतको सहारा लिनु परेको थियो । त्यो त्यही समाज थियो ।

जसले सीमालाई बाबु बिनाको छोरी जन्माएको भन्दै समाजबाट बहिस्कार गरेको थियो । फेरि त्यो त्यही समाज थियो जसले अदालती प्रक्रियाबाट बाबुको पहिचान खुलेपछि उपल्लो जातका समीरलाई सामाजले बहिस्कार गर्न बाध्य भएको थियो । सीमा भने समाजको नजिकमा पुगिन । आज त्यही समाजमा अलखनन्दन एउटा फकिर जो कुरुप अनुहार लिएर प्रत्येक घर–घरमा अलखनन्दन भन्दै कमण्डलु र त्रिसुलका साथ हिँडीरहेको छ । फकिर तथा साधुहरुको जमात प्रायः सन्तमुनीहरु रहने ठाउँ मठमन्दिरमा रहेका हुन्छन् । तर, अलखनन्दनले भने गाउँ समाज नै रोजेर बसेको पाइन्छ ।

सभ्यताको विकास मानवको उत्पत्ति कालदेखि नै भएको हुन्छ । सभ्यताको विकास सँगसँगै संस्कृतिको पनि विकास हुन्छ । सभ्यता र संस्कृति दुबै मानव मात्रको सामुहिक प्रयत्नबाट उत्पत्ति भएका दिदीबहिनीका रुपमा रहेका हुन्छन् । यसैले सभ्यता र संस्कृति कुनै व्यक्ति तथा जात विशेषको आधारमा हुँदैन । यो त कुनै पनि देश वा भूगोलका आधारमा बसोबासको क्षेत्रमा रहेका मानव–मानवका बीचमा भइरहेका आचारविचार तथा खानपानमा हुन्छ । रहनसहन तथा सामाजिक मूल्य र मान्यतामा आधारित क्रियाकलापमा हुन्छ । जन्मदेखि मृत्युपर्यन्त गरिने संस्कारमा हुन्छ । यी सबै कार्यहरुहरुको सामुहिक योगको परिणामका रुपमा हुन्छ संस्कार हुन्छ ।

यसर्थ संस्कति र सभ्यतालाई संक्षेपमा भन्नुपर्दा मानिसले गर्ने सम्पूर्ण गतिविधिहरुका साथै कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि जस्ता मूल्य र परम्पराको समष्टिगत रुप वा योगमा नै सभ्यता र संस्कृतिको विकास भएको हुन्छ । यस अर्थमा पनि संस्कृतिको सम्बन्ध मानव जातिको बुद्धि, विवेक, संवेग, स्वभाव र मनोवृत्तिसँग गाँसिएको हुन्छ । यी प्रवृत्तिबाट अलखे पनि अलग रहने कुरा भएन । अलग रहन पनि सकेन । त्यसैले समाज ऊ भित्रै बस्यो । त्यही खायो । डुल्यो अनि बाँच्यो ।

शुरु–शुरुका दिनमा गरेर पो खानु पर्छ । मागेर होइन । अल्छी तिघ्रेसम्मको उपाधी पाएको अलखे बिस्तारै समाजको एउटा मुख्य पात्रका रुपमा स्थापित हुन थाल्यो । त्यसैगरी परैबाट ढुंगामुढाको स्वागत पाउने अलखे आज बालबालिकाको मित्रमण्डलीको नाइके बन्न पुग्यो । अलखे बालबालिकासँग रम्न रमाउन थालेको छ । बालबालिकालाई हिमकिमका साथ नजिक बन्दै बनाउँदै, बाल मनोविज्ञानका कथा सुन्दै सुनाउँदै अन्ततः ऊ बालबालिको अविभावक बनेको छ । हिजोका दिनमा छि ! छि ! र दुर ! दुर ! को पात्रका रुपमा रहेको अलखे आज बालदेखि बृद्धसम्मका लागि एउटा प्रेरणाको स्रोत बनेको छ । फलस्वरुप हिजोको अलखे आज अलखनन्दनको नामबाट समाजमा परिचित भइसकेको छ ।

विगतको आप्mनो इतिहास गाउँघरमा रहेको बालबालिकादेखि बृद्धसम्मको मुखबाट सुन्दा अलखे प्रताडित नभएको होइन । तरm आफुभित्रका पीडा जे–जस्तो र जतिसुकै चोट दिने भए पनि ऊ धैर्यताका साथ लुक्दै लुकाउदै शुद्ध सन्यासीका रुपमा प्रस्तुत भइरहेको थियोे । बालबृद्ध तथा समाजलाई के थाह ? ऊ भित्रका अपराधहरुले उसलाई कसरी दण्डित गरिरहेका छन् । ती दण्डको सामना गर्दै अलखे बेला–बेला ज्योतिषिको भूमिकामा पनि रहने गरेको छ । ज्योतिषिको भूमिकामा रहेर सिमासँग उनको बिगतलाई कोटयाउने प्रयासमा अलखे रहेको छ । ऊ संवेदनशील पनि छ । यसअर्थमा आफ्नो कथा सिमाकोे मुखबाट सुन्ने अभिलाषा राख्छ । त्यसैले ऊ छद्मभेषी ज्योतिषिका रुपमा सिमाका कथा आफूले सुनाउने । अनि आफ्नो कथा सीमाको मुखबाट सुन्ने । बिस्तारै–बिस्तारै सीमाको परिवारको सदस्य समान बनेको अलखे सीमा एक्लै भएको मौका पारेर उनको मनोविज्ञानमा असर पार्ने प्रयास गर्दथ्यो ।

अलखेले सम्भावनाबाट परिचालित सामाजिक सुधारका अभियानमा सक्रिय बनेको थियो । ऊ सुनाउँदै हिडने गर्दथ्यो । पश्चिमा मुलुकका मानिसहरुले जातभातको कुरा गर्दैनन् अरे । छुवाछुतलाई पनि मान्दैनन् अरे । कति राम्रो समाज । त्यहाँ मानिस मानिसहरुका बीचमा उचनीचको व्यवहार पनि हुँदैन अरे । कस्तो विडम्बना हामी त पश्चिमाको ठीक उल्टो पो रहेछौं । हामी त जातभातको कुरा गर्दा रहेछौं । छुवाछुतलाई मान्दा रहेछौं । कानूनको धज्जी उडाउँदा रहेछौं । अनि उ भन्दै जान्थ्यो । पहिले त्यो बेलाको प्रेममा कति भाव लुकेका हुन्थे । बडो संकटपूर्ण अवस्थाबाट प्रेमलाई वास्तविक जीवनमा ढाल्नु पर्दथ्यो । आजको जस्तो सहज थिएन । मोबाइल टेलिफोन थिएनन् । सामाजिक सञ्जाल थिएन । बारीका कान्ला र खेतका गरा हुँदै खोल्साखोल्सीमा लुकामारी गर्दै साउतिका भरमा गरेका डेटिङ गर्नु पर्दथ्यो । मायाका भावहरु साटसाट गर्नु पर्दथ्यो । त्यसबेला माया–प्रीतिका कुराभन्दा पनि पहाडका कुना–कन्दरा र पहराका बीचमा मेलापातका कुरा हुन्थे । अर्म–पर्मका कुरा हुन्थे । प्रेमका कठिन यात्राकै क्रममा भर्खरै मात्र फक्रदै गरेको माया–प्रीतिका कलिला मुनालाई फक्रदो फूल निमोठे झैं निमोठी दिँदा जीवनभर ओइलाउनु पर्दथ्यो । फेरि पनि त्यही समाज र परिवारलाई आप्mनो बनाउनु बाध्य हुनुपर्दथ्यो जसले फक्रदै गरेको त्यो फूल निमोठने कार्य गर्दथ्यो ।

बाल्यकालका आप्mना कथाहरु स्मरण गर्दै जाँदा, जवानीको उपयोग र आफूले सीमा माथि गरेको अन्याय समाजबाट निर्देशित थिए । परिवारको इज्जतका लागि थिए । समाजको मान र मर्यादाका लागि थिए । समाजले सिमामाथि गरेको व्यवहार कति क्रुर रहेछ । जसले मलाई जीवनभर पश्चातापको भारी बोकायो । भारी बोकी पनि रहेको छु । चरम तृष्णा र तृप्तिको चपेटामा परेको त्यो रात । जीवनको मूल्य चुकाएको त्यो रात । परिणाम सीमाको काख सज्जित हुन पुगेको थियो । सज्जित भएको त्यो काखलाई कुनै पनि मूल्यमा स्वीकार गर्न मैले आँट गर्नु पर्दथ्यो । यदि त्यो आँट गरेको भए । आज के नै पो हुन्थ्यो र ।

दुई–चार दिन परिवार रिसाउथ्यो । गाउँ, समाजले अपहेलना गर्दथे । जीवनभर फकिर बन्नुपर्ने त थिएन । तर, पनि बाबुआमाप्रति समाजले गर्न सक्ने व्यवहारबाट बचाउने बाहनामा मैले ठूलो अपराध सीमा माथि गर्न पुगे । कस्तो धर्म संकट प¥यो त्यो बेला मलाई । सीमालाई रोज्नेकी बाबुआमा रोज्ने । त्यसपछिको समाज । यिनै कारणबाट झुटको खेती गर्ने कार्यमा म सरिक भए । त्यही खेती नै जविनभरका लागि अभिशाप बन्न पुग्यो । पश्चातापको खोल बन्न पुग्यो । ओडनै पर्ने बाध्यता भयो । ओडिरहेको छु । छद्मभेषमा ।

यही अभिशाप र पश्चातापको खोलभित्र आज उसले आत्मसम्मान बेच्नु परिरहेको छ । सीमाको सपना पहिल्यै बेची सकेको थियो । बाबु आमाको सपना पनि बेच्यो । समाजको सपना पनि बेच्यो । त्यतिमात्र होइन । छोरी सम्भावनाको सपना पनि बेचे । समाज बिर्से । आमाबाबु बिर्से । भाइबहिनी तथा परिवार बिर्से । छरछिमेकी बिर्से । बाटो बिराएको बटुवा समान बनेर जीवनभर आफैले आफैलाई बिर्से । दोबाटोको बटुवा झैँ हिँडिरहेको छु । बिसाउने ठाउँ छैन । चिर–परिचित समाज छ । अपरिचितको अभिनयमा छु । कहिलेसम्मको हो यो अभिनय । अझै पनि आप्mनो र बिरानो छुटयाउने हिम्मत म मा छैन । आफूले त जातभात बिर्सिसकेको छु । सम्भावनाको अभियानमा सरिक भएको छु । तर, समाजमा भने जातभातको भेदभाव ज्यूँ का त्यूँ छ । कहिले हटने हो यो कुसंस्कार । कुनै ठेगान छैन ।

अलखे सम्झन्छ । हिजो यो समाजमा प्रवेश गर्दैगर्दा बालबालिकाले प्रश्नहरु गरेका थिए । अलख भनेको के हो ? किन अलखनन्दन भनेको । आफ्नो पहिचानलाई बलियो बनाउनका लागि उसले भन्ने गर्दथ्यो । ‘अलख’ भनेको अदृष्यरुपमा रहेका इश्वरका प्रतिनिधि हुन । लोकका स्वामी हुन् । लोकका स्वामी भनेको सृष्टिको रचना गर्ने हुन् । उनै प्रभु हुन जसले तिमी–हामीलाई रचना गरे । जसको नाम मात्र लिदा पनि लोकको कल्याण हुन्छ । हाम्रो पनि कल्याण हुन्छ । यसरी बाल मनस्थितिमा अलखनन्दनको परिचय दिएका भरमा ऊ समाजबाट अलखनन्दनको नामबाट परिचित भएको थियो । उसको वास्तविक जीवनको रहस्य खुल्यो भने आफ्नो अवस्था के हुन्छ ? जातीय एकतामा ऊर्जा प्रदान गरिरहेको अवस्थामा ऊ आफू पनि सकिरहेको अभियानमा कस्तो प्रभावपर्ला ? उनै प्रभु जसले यो सृष्टीको रचना गरे । उनले त दलित र दलनको रुपमा विभेद गरेका थिएनन् । यसलाई कसरी स्पष्ट पार्ने । यस अर्थमा पनि ऊ चिन्तित हुन्थ्यो ।

विगतमा दलित र दलन नाममा आफूले गरेका कुकर्मलाई आफ्नै वरिपरि घुमाउँदै र भोग्दै गर्दा अलखे थाकीसकेको थियो । ती दिनका अपराधरुपी पश्चातापका रापहरुले जलाउँदा प्रताडित बनेको अलखे अबका दिनमा कसरी सुरक्षित अवतरण गर्ने भन्ने एकमात्र चिन्ता अलखेको थियो । अलखेले आफनो समाज सम्भm्यो । माटो सम्झ्यो । सिमालाई सम्झ्यो । खोइ त ! कसरी ? अवतरण गर्ने । कता टेक्ने । कता समाउने । फेद छैन । टुप्पो छैन । हिजोका दलनमलन र आजको अलखनन्दन । समाजले कसरी पत्याउने । पत्याउँछ वा पत्याउँदैन । कसरी विश्वास गर्ने । सीमा अनि सम्भावनाले कसरी लिन्छन् ? उनीहरुले स्वीकार गर्छन् वा गर्दैनन् । यिनै सोच र तनावका शब्द र अक्षरहरुका जालले अलखेलाई पछ्याइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here