अर्जुनधारा जेसीजद्वारा युवालाई निःशुल्क कम्प्युटर तथा अँग्रेजी भाषा तालिम

0
4

अर्जुनधारा।

अर्जुनधारा जेसीज शनिश्चरेले युवाका लागि निःशुल्क ४५ दिने बेसीक कम्प्युटर तथा अँग्रेजी भाषा तालिम सञ्चालन गरेको छ ।

स्थानीयस्तरमा रहेका युवालाई ज्ञान प्रदान गरि उनीहरुको सीप विकास गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएिको जेसीजका अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिए । उनका अनुसार तालिमका लागि छनौट भएका ४५ जनामध्ये ३० जनालाई कम्प्युटर र ६ जनालाई अँग्रेजी भाषा तालिम प्रदान गरिने बताइएको छ ।

जेसीजका अध्यक्ष बुढाथोकीको अध्यक्षता र उपाध्यक्ष सागर घिमिरेको संयोजकत्वमा सोमबार आयोजित तालिम उद्घाटन कार्यक्रममा दुवै तालिमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका कार्यवाहक प्रमुख नरेन्द्रकुमार श्रेष्ठ “सिद्धार्थ”ले उद्घाटन गरेका थिए ।

कम्प्युटर तालिम अर्जुनधारा–८स्थित फरवार्ड एजुकेशन फाउण्डेशन झापा प्रा.लि., आईआईएचटि, बिर्तामोडस्थित बिर्तामोड एजुकेशन फाउण्डेशन प्रा.लि. र एनआईसी कम्प्युटर प्रा.लि.मा तथा अँग्रेजी भाषा तालिम बिर्तामोडस्थित ड्रिम एजुकेशन फाउण्डेशन प्रा.लि.मा भोलि(मंगलबार)देखि सञ्चालन हुने बताइएको छ ।

जेसीजका उपाध्यक्ष घिमिरेले स्वागत र कोषाध्यक्ष बिमला भट्टराईले जेसीज आस्था वाचन गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव मनोज सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here