शैक्षिक गुणस्तर सुधारमा चिल्डे«न इन्भारोमेन्टमा भित्रियो नयाँ प्रविधि ‘एक विद्यार्थी एक ल्याव’ कार्यक्रम

0
9

झापा ।

विद्यार्थीलाई कसरी व्यवहारिक र प्राविधिक शिक्षा दिन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको चिल्डे«न इन्भारोमेन्ट स्कूलले बिद्यालयमा ‘एक विद्यार्थी एक ल्याव’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

व्यवहारिक र प्रविधिमैत्री शिक्षाका लागि नयाँनयाँ कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयले कारखाना साइन्स नेपालसँंगको सहकार्यमा शैक्षिक सत्र २०८०/०८१ बाट ‘एक विद्यार्थी एक ल्याव किट’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

विज्ञान, गणित, इञ्जिनियरिङ तथा टेक्नोलोजी पढ्न रुचाउने विद्यार्थीका लागि यो विधि निक्कै उपयोगी हुने बताइन्छ । कारखाना साइन्स नेपालले तयार गरेको किटको माध्यमले पाठ्यक्रममा भएका सबै विषयवस्तुलाई विद्यार्थीले व्यवहारिक रुपमा जान्न, बुझ्न सक्ने र विज्ञानलाई किताबबाट बाहिर निकालेर अनुभव गर्न सक्ने भएकाले पनि यो विधि उपयोगी हुने बताइएको छ ।

यो विधि अपनाएर पठन–पाठन गराउँदा विद्यार्थी स्वयम् सक्रिय हुने हुँदा सिकाएको कुरा एकै पटकमा विद्यार्थीले बुझ्ने र जान्ने छन् – चिल्ड्रेन इन्भारोमेन्ट स्कूलका प्रिन्सिपल सन्तोष सुब्बाले भने –कारखाना साइन्स नेपालले उत्पादन गरेका शैक्षिक सामग्री प्रयोग गर्दै पठन–पाठन गराइने हुँदा विद्यार्थीले सिकाएको कुरा एकै पटकमा बुझ्नेछन् ।

कक्षा कोठामा विद्यार्थीलाई पठन–पाठन गराउँदा यो विधि अपनाए शिक्षक र विद्यार्थी दुबैलाई फाइदा पुग्ने, विद्यार्थीले घर–घरमा साइन्स प्रयोगशालाको अनुभव गर्न पाउने प्रिन्सिपल सुब्बाको भनाइ छ । कितावमा भएका सबै कुरालाई किटको माध्यमबाट पढ्न र अनुभव पाउने भएसँंगै सिकाई उपलब्धि प्रभावकारी हुने सुब्बाको भनाइ छ ।

कार्यक्रम लागूभएसँंगै चिल्डे«नमा पठनपाठन गराउँदा कारखानाले तयार गरेका ‘साइन्स किट’को प्रयोग गर्दै सिकाइका नयाँ पद्दतिहरु, पाठ्यक्रमदेखि कक्षाकोठाको व्यवस्थापनसम्मलाई चलायमान बनाउँदै सिकाइने गरेको बताइन्छ । कक्षा कोठामा शिक्षकले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीलाई सोच्नुहोस्, बनाउनुहोस्, खेल्नुहोस् र सुधार गर्नुहोस् भन्दै आफैं काम गर्न लगाइने गरिएको प्रिन्सिपल सुब्बाले बताए । यो शिक्षण विधिबाट विद्यार्थीको सोचाइमा नयाँपन, उत्कुसता, सिर्जनात्मक तथा रचनात्मक कार्य गर्न प्रेरित गरी आत्मविश्वास निर्माण हुने अपेक्षा गरिएको छ ।

चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले शिक्षकका लागिसमेत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । सन्तोषी गहतराज र निशा श्रेष्ठले तालिमको सहजीकरण गरेको कार्यक्रममा प्रशिक्षार्थी शिक्षक सौरभ सिटौला, जोन थापा, दीक्षिता राई, श्रेया तामाङ र हिमाल पौडेलले यसखाले प्रयोगात्मक शिक्षण विधिमा आधारित भएर पठन–पाठन गराउँदा शिक्षकको समेत वृत्ति विकास हुने र विद्यार्थीले सहजै सिक्न सक्ने बताएका थिए ।

शिक्षण सिकाइ कार्यक्रममा कारखाना साइन्सले ‘टीएमपीआई’ शिक्षण पद्धत्तिको चक्र प्रयोग गर्ने गरेको छ । यो शिक्षण सिकाइ क्रियाकलापमा विभिन्न साम्रगीहरुको प्रयोग गरी अभ्यास प्रशिक्षण गराइन्छ । विद्यार्थीलाई नयाँ नयाँ समस्याहरुको हल गर्न यो विधि अपनाउन लगाइने गरिएको छ । विद्यालयले इसीइसी, आइसीडीपी, आईसीएसएल, आइएस ओ, आई एस ओ १०२१ समेत सञ्चालन गर्दै आएको छ ।

बिद्यालयमा ‘एक विद्यार्थी एक ल्याव’ कार्यक्रम सञ्चालन भएसँंगै कक्षा १–८ का विद्यार्थीलाई समेटिएको छ । सिकाइलाई प्रभावकारी बनाउन शिक्षकले अध्ययापनका क्रममा रचनात्मक विधि अपनाउनु पर्ने हुन्छ । विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणितसँग जोडिएर हेर्ने हो भने हामीसँंग शैक्षिक सामग्री ज्यादै कम हुन्छ – प्रिन्सिपल सुब्बाले भने – अब हामीसँंग सिकाइका लागि ‘ल्याव किट’ नै हुने भएकाले यसलाई विद्यार्थीको जीवनशैलीसँग जोडेर सिकाउँछौं । परम्परागत शिक्षण विधिलाई हटाएर अब प्रयोगात्मक विधिबाट सिकाउँछौं । विद्यालयले यो विधि भित्र्याएसँंगै विद्यार्थी र अभिभावक समेत उत्साहित बनेको बताइएको छ ।

कारखाना साइन्स नेपालसंँग नेपालका एक सयभन्दा बढी विद्यालयले सहकार्य गरेको बताइएको छ । तर, झापाको बिर्तामोडमा रहेको चिल्ड्रेन इन्भारोमेन्ट स्कूल भने पहिलो रहेको दावी गरिएको छ । कारखाना साइन्स नेपालले तयार गरेका शैक्षिक सामग्रीहरु राष्ट्रिय पाठ्यक्रमसंँग मिलाएको बताइएको छ ।

कार्यक्रमले मुख्यतया राष्ट्रिय पाठ्यक्रममा उल्लेखित वैज्ञानिक सिकाइ र वैज्ञानिक सिपहरूलाई प्रवद्र्धधन गर्नमा केन्द्रीत रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here