भद्रपुरका १० जना कृषकलाई मोटरसहितको च्यापकटर मेशिन वितरण

0
5

भद्पुर ।

भद्रपुरका १० जना कृषकलाई मोटरसहितको च्यापकटर मेशिन वितरण गरिएको छ । भद्रपुर नगरपालिका पशु सेवा शाखाले बुधबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी कृषकहरूलाई मोटरसहितको च्यापकटर मेशिन वितरण गरेको हो ।

नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र आर्थिक विकास समितिका संयोजक प्रशंसा ठटाल लगायतले कृषकहरूलाई मेशिन हस्तान्तरण गरेका हुन् । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मेशिन वितरण गरिएको शाखाका पशु चिकित्सक रोहितकुमार कार्कीले जानकारी दिए ।

शाखाले पुस २४ गते सूचना प्रकाशन गरेपछि कृषकहरू छनौट भएको उनले बताए । मेशिन पाउनेहरू भद्रपुर –१ का नीलिमा खनाल, भद्रपुर –२ का मालती कन्दङ्वा, वेदनिधि अधिकारी, सुमित्रा लिम्बू, ईश्वरीप्रसाद कट्टेल, भद्रपुर –४ का निलम राई, भद्रपुर –७ का रेशमणि पोखरेल, भद्रपुर –८ का केशर सिग्देल, भद्रपुर –९ का भीमकुमारी पौडेल र भद्रपुर –१० का दीपेन्द्र घिमिरे रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here