ताप्लेजुङ–झापा सरोकार समाजद्वारा सहयोग रकम प्रदान

0
4

अर्जुनधारा।

ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधारा नगर समितिको बैठक शनिबार विभिन्न निर्णय पारित गरि सम्पन्न भएको छ ।

समितिले गत चैत २७ गते राती आफ्नै घरबाट सिटी सफारी चोरी भएका अर्जुनधारा–५ निवासी बलराम दाहाललाई एक लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । समितिका अध्यक्ष भीमचन्द्र भट्टराई र समाज झापाका सल्लाहकार कमल गुरागाईंले उक्त सहयोग रकम दाहाललाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

दाहाल परिवारको आम्दानीको मुख्य स्रोतकोरुपमा रहेको सिटी सफारी चोरीको जानकारी आफूले पाएपछि अर्जुनधारा नगरपालिकाका कर्मचारी एवम् समितिका सदस्य राजकुमार गौतमले सहयोग रकम संकलनका लागि सामाजिक सञ्जालमार्फत् अभियान सञ्चालन गरेका थिए । “मानवीय भावनाको नाताले उहाँहरुको पीडामा केही मल्हम लगाउन सकिन्छ कि भनेर आफूले अभियान सञ्चालन गरेको हो ।”–सदस्य गौतमले स्पष्ट पारे ।

त्यसैगरी समाजले अर्जुनधारा–९ निवासी अपाङ्गता भएकी पुनम कटुवाललाई पनि १० हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको थियो । त्यस्तै समाजको प्रथम साधारण सभा यही जेठ २६ गते शनिबार आयोजना गर्ने निर्णय गरिएको समितिका सचिव यज्ञ सिटौलाले जानकारी दिए ।

समितिका अध्यक्ष भट्टराईको अध्यक्षतामा आयोजित उक्त बैठकको सञ्चालन सचिव सिटौलाले गरेका थिए । बैठकमा समितिका उपाध्यक्ष सूर्यप्रसाद अधिकारी, सदस्य शान्तिप्रसाद चौहनलगायतको उपस्थिती रहेको थियो ।

गत वर्ष गठन भएको समाजले यस अघि पनि विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्ने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here