मेचीनगर ।

बाहुण्डाँगी जेसीजको आयोजनामा लागु औषध दुव्र्यशनी विरुद्धको सप्ताह अन्तर्गत चौथो दिन आइतबार जनता मावि मेचीनगर ३ तेलपानीमा सम्पन्न भएको छ ।
“बाहुण्डाँगी जेसीजको अभियान ः लागु औषध रहित समाजको पहिचान” भन्ने नाराका साथ विद्यालय विशेष कार्यक्रम अन्तर्गत निरन्तर चौथो दिनको अभियान सम्पन्न भएको हो ।
इलाका प्रहरी कार्यालय धुलावारीमा कार्यारत प्रहरी हवल्दार ताराकुमारी चौधरीलेले लागु औषध दुव्र्यशनी विरुद्धको अभियानको सहजीकरण गर्नु भएको थियो । उहाँले विद्यार्थीहरु माझ यस किसिमका अभियान सञ्चालन गर्ने हो भने यसको न्यूनिकरणमा ठूलो टेवा पुग्ने बताउनु भयो ।
उहाँले विद्यार्थीहरुलाई आफ्नो परिवार र समाजमा लागु औषध विरुद्धको अभियानमा जुट्न आग्रह गर्नु भयो । सोही कार्यक्रममा धुलावारी ट्राफिक प्रहरीका प्रहरी सहायक निरिक्षक टंकबहादुर मगरले ट्राफिक नियमका बारेमा जानकारी गराउनु भएको थियो ।

कोषाध्यक्ष नित्यानन्द चम्लगाईको संयोजक्त्व तथा विद्यालयका प्रधानाध्यापक लिला मिजारको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा धुलावारी जेसीजका पूर्व महासचिव तथा सोही विद्यालयका शिक्षक रोशन रिजाल, शिक्षक यादव ढकाललगायतले यस किसिमको अभियानले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन मुल कार्यक्रम संयोजक सामुल रायाले गर्नु भएको थियो ।
अभियान अन्तर्गत सोमवार भानु मावि मेचीनगर २ मा सञ्चालन हुने कार्यकारीणी उपाध्यक्ष सुष्मा मिश्रले बताउनु भयो । यस अघि सरस्वती मावि, पवित्र मावि र पशुपति माविमा सम्पन्न भइसकेको छ ।






























