कानेपोखरी ।
मोरङको कानेपोखरी–६ स्थित जनसेवा मावि, रमाईलोको सभाहलमा “लागू औषध दुर्व्यसन बिरुद्धको साताव्यापी सचेतनामूलक कार्यक्रम” शुरू भएको छ।
कानेपोखरी गाँउकार्यपालिकाको निति तथा कार्यक्रम अन्तर्गत आदर्श समाज नेपाल कानेपोखरीको आयोजना र प्रहरी चौकी रमाईलोको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो। आदर्श समाज नेपाल कानेपोखरीका अध्यक्ष ओम प्रकाश कोइरालाको अध्यक्षता र कानेपोखरी गापा उपाध्यक्ष भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा वरिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की , ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठ, आदर्श समाज नेपाल कानेपोखरीका पदाधिकारीहरु,विभिन्न वडाका वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकहरु, रमाईलो जेसीज, पथरी जेसीज लगायतका विभिन्न संघ संस्थाका प्रमुख–प्रतिनिधीहरु, टोल सुधार समितीका पदाधिकारीहरू, भद्रभलादमी, बुद्धिजिवी सर्वसाधारण तथा १७५ बढी बिद्यार्थीहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई आसारा सुधार केन्द्र धरानका प्रशिक्षक टिकाराम सिग्देल एवम् प्रहरी चौकी रमाइलो मोरङका प्रमुख प्रनानि नारायणप्रसाद भट्टराई लगायतले सहजीकरण गरेका थिए ।